बागलुङ । सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् ।
काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्षअघिसम्म खचाखच घर थिए । पाखो बारीमा सुनसरी आलु र भाँगोको खेती थियो । अहिले एकाद घरमा मानिसको बसोबास छ । आलु फल्ने बारी, भाँगो फल्ने बारीका छेउकुना वनमाराको शिकार बनेका छन् । गाउँमा बनेका घर स्याहारको अभावले भत्किने अवस्थामा पुगेका छन् ।
केही वर्षअघिदेखि चलेको बसाइँसराइको मार डोहेरीले नराम्रोसँग बेहो¥यो । बाइस घर रहेको गाउँ आठ/दश घरको गाउँ भएको छ । तीनै भएका घरमा सबै घरमा सधैँ मान्छे बस्दैनन् । “नहुने होइन, परम्परागत बाली बाउबाजेले आर्जेरै खाएका थिए, तर गुजारा चलेन त के गर्नु”, स्थानीय प्रेम केसीले भने, “कतिले सकेर अन्यत्रै बसाइँ सरे, कसैले नसकेरै गाउँ छोडे ।”
भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा पर्ने यो गाउँमा अधिकांश समय हावापानी चिसो हुन्छ । उत्पादन ढिलो हुने, सबै बाली उत्पादन गर्न नसकिने र शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि टाढा–टाढा पुग्नुपर्ने बाध्यताका कारण स्थानीयले गाउँ छोडेको केसी बताउँछन् ।
परम्परागत शैलीको खेतीपाती र बसोबासले खाली हुँदै गरेको डोहेरीको मुहार फेर्ने विषयमा गाउँलेले नसोचेका भने होइनन् । बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको प्रसिद्ध बेलढुङ्गा, तमानखोलाको सोलेडाँडा हुँदै ढोरपाटन शिकार आरक्ष क्षेत्रसम्म परिकल्पना गरिएको पदमार्गको बीचमा पर्छ, यो गाउँ ।
पर्यटनका हिसाबले कान्छो धौलागिरि भनेर चिनिने डोहेरीको लेक, गुनगुनेको धुरीलगायतका प्राकृतिक स्रोत नजिकै छन् । त्यसैले स्थानीयले डोहेरीलाई ब्यूँताउने प्रयत्न थालेका छन् । “कृषि पर्यटनबाट गाउँ चिनाउने र गाउँ फर्काउन सकिन्छ की भनेर प्रयास थालेका छौँ”, केसीले भने, “गाउँलेले बाँझो जमिनमा केही टिमुर लगाउन थालेका छन्, उत्पादन र पर्यटन सँगसँगै लैजाने तयारी छ ।”
बाँझो जमिनको प्रयोगमा वडा कार्यालयले पनि साथ दिएको छ । “गाउँनै रित्तो हुँदै गयो, बसाइँसराइ रोक्छु भनेर लागौँ गफैमात्र हुन्छ, बरु बाँझो जमिनको प्रयोग र अन्य उत्पादनका विधि खोज्न थालेका हौँ”, वडाध्यक्ष विद्यापति शर्माले भने, “हामीले टिमुर लगाउन युवालाई प्रोत्साहित गरेका छौँ, हेरौँ उत्पादन दियो भने आम्दानी राम्रो हुन्छ, कम्तीमा मान्छे गाउँ नबसे पनि जग्गा बाँझो नरहोस् भन्ने हो ।”
वडा कार्यालयले म्याग्दीबाट टिमुरका बिरुवा ल्याउनका लागि स्थानीय युवा किसानलाई सहयोग गरेको छ । यस वर्ष पाँच सय टिमुरका बिरुवा लगाएका युवाले क्रमशः सबै बाँझो जग्गामा टिमुर खेती गर्ने योजना बनाएका छन् । बसाइँसराइका कारण रित्तिएका गाउँ र बाँझै रहेका जग्गाको उपयोगमा नयाँ विधि अपनाउनुपर्ने वडाध्यक्ष शर्माले बताए । डोहेरीमा टिमुर लगाउन युवाले उत्साह देखाएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...
चैत्र ९ गते, २०८२ - ०७:१४
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको...
चैत्र ९ गते, २०८२ - ०७:१२
झापा । दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको ...
चैत्र ९ गते, २०८२ - ०७:०९
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका ...


प्रतिकृया लेख्नुहोस्: