काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालो मोसो दलिएपछि त्यसको आरोप एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै नेता महेश बस्नेतमाथि आक्रोश पोखेका छन् ।
प्रसाईंलाई सोमबार काठमाडौंको जमलमा रहेको होटल यल्लो पगोडामा पत्रकार सम्मेलन गरेर फर्किने क्रममा युवा संघको अगुवाइमा कालोमोसो दलिएको थियो। कालो मोसो दल्नेहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद नारा लगाएको कारण प्रसाईंले ओलीको नाम लिएर पैंचो तिर्ने बताएका छन् ।
प्रहरीले घटनामा कसैलाई पक्राउ गरेको छैन । अहिलेसम्म प्रसाईंले प्रहरीमा उजुरी पनि दिएका छैनन् ।
उनलाई मोसो लोला हान्नेहरुले ‘केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद, पवन गोल्यान जिन्दावाद’ भन्दै नारा लगाएका थिए । उनी भन्छन्, ‘म सबै जनालाई चिन्छु । मसितै हिँडेका केटा त हुन् नि एमालेका । प्रहरीले उजुरी दिन भनेको थियो, तर मैले दिइनँ ।’
प्रसाईंले केपी ओली र महेश बस्नेतकै डिजाइनमा यो घटना गराइएको दाबी गरे ।
उनले भने, ‘म तपाईंलाई भन्छु एउटा कुरा । सुवाष नेम्वाङ मरेको बेलामा मलामीमा दुर्गा प्रसाई धेर उम्लियो, यसलाई ठीक गर्नुपर्छ भनेर कुरा भएको मलाई खबर आएको थियो । ममाथि निकै ठूलो एट्याक हुँदैछ भन्ने लागेको थियो । तर भएन । यिनीहरुको शक्ति देखिहालेँ मैले । युवा संघमा संघ मात्रै छ।
उनले एमालेसँग अब भ्रष्ट र तस्करहरु मात्रै भएको आरोप लगाए।
तर, प्रसाईले युवा संघको नाम लिएपछि एमाले नेता महेश बस्नेतले प्रतिवाद गरेका छन्। उनले प्रसाईलाई युवा संघको तागत ननाप्न चुनौती दिएका छन् ।
उनले फेशबुकमा लेखेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: