Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

दसैंको मुखमा शुक्लाफाँटाका करार स्वास्थ्यकर्मीलाई न तलब, न म्याद थप

खबरडबली संवाददाता

कञ्चनपुर । दशैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल  पाएका छैनन्। स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन्। 

‘म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्’, १४ वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी वसन्त धामीले भने, ‘नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्योल छाएको छ।’

म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन्। ‘काम गर म्याद थप भइहाल्छ भन्छन्, बिना तलब कति दिन काम गर्न सकिन्छ’, उनी भन्छन्, ‘नगर प्रमुखलाई अवगत गराउँदा आफूलाई यसबारे जानकारी नभएकाले कार्यालय प्रमुखलाई भन्नुपर्ने जवाफ दिएर उम्कन खोज्छन्।’

नगरपालिकाका वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र करारमा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गर्दै आएका छन्। ‘कोरोना महामारीका बेला बिना तलब तीन महिना बढी काम गरेका छौँ’, स्वास्थ्यकर्मी वीरेन्द्र विष्टले भने, ‘हाम्रो योगदानको कदर नगरी म्याद थप गरिएको छैन, दसैँमा तलब नपाउँदा निकै खल्लो महसुस गरिरहेका छौँ।’

म्याद थपको आशामा  बसेको भन्दै उनले म्याद थपको सम्झौता नभएकाले तलब नपाइने बताइएपछि निकै निराश भएको बताए।  शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले करारमा तीन तरिकाले स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कर्मचारी भर्ना गरिएको बताए।

‘केही स्वास्थ्यकर्मी नगरपालिकाबाट नियुक्त गरिएका छन्’, उनले भने, ‘केही वडा कार्यालय र केही स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन्।’ उनका अनुसार नगरपालिकाबाट नियुक्त गरिएकालाई सोझै र व्यवस्थापन समितिबाट नियुक्त भएकालाई स्वास्थ्य चौकीमा उपलब्ध गराइने अनुदानबाट तलबको व्यवस्था गरिँदै आएको छ। वडाबाट नियुक्त भएकालाई वडाबाटै तलब दिइँदै आएको छ।

करारमा कार्यत स्वास्थ्यकर्मीको म्याद थपका लागि केहीको सम्बन्धित कार्यालयबाट सिफारिस आए पनि केहीको अझै सिफारिस आउन नसक्दा तलब दिन नसकिएको उनको भनाइ छ। ‘नगरबाटै करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको नियुक्ति पत्र दिनुपर्छ भनेर नगरपालिकामा पत्राचार गरेका छौँ’, वडा नं. ३ का अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘कार्यपालिका बैठकमा पनि सबैलाई एकै ठाउबाट नगरबाटै नियुक्ति दिनुपर्छ भनेर छलफल भएको हो, अहिले आएर करारमा कार्यरत स्वास्थ्यकर्मीलाई नियुक्ति नदिएर अन्यौलता सिजर्ना गर्ने कार्य हुँदैछ।’

करारमा कार्यरत स्वास्थ्यकर्मीले तह गत रूपमा तलबको व्यवस्था नहुदा न्यून तलबमा कार्य गर्दै आएका छन्। अहेब पदमा कार्यरतले १५ हजारदेखि १८ हजार ५०० तलबमा कार्य गर्दै आएका छन्। ‘खटाइएको काम लगनशीलतका साथ काम गर्दै आएका छौँ’, स्वास्थ्यकर्मी दिलबहादुर धामीले भने, ‘तलबमा विभेद गरिएको छ, करार सम्झौताको म्याद थप गरी तहगतरूपमा तलबको व्यवस्था गरिनुपर्छ।’ 

दशैँलगायतका चाडपर्व सहजरूपमा मनाउने वातावरण सृजना गरी म्याद थप गरी तलब उपलब्ध गराउनुपर्ने उनले जनाए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: