कञ्चनपुर । दशैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन्। स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन्।
‘म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्’, १४ वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी वसन्त धामीले भने, ‘नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्योल छाएको छ।’
म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन्। ‘काम गर म्याद थप भइहाल्छ भन्छन्, बिना तलब कति दिन काम गर्न सकिन्छ’, उनी भन्छन्, ‘नगर प्रमुखलाई अवगत गराउँदा आफूलाई यसबारे जानकारी नभएकाले कार्यालय प्रमुखलाई भन्नुपर्ने जवाफ दिएर उम्कन खोज्छन्।’
नगरपालिकाका वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र करारमा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गर्दै आएका छन्। ‘कोरोना महामारीका बेला बिना तलब तीन महिना बढी काम गरेका छौँ’, स्वास्थ्यकर्मी वीरेन्द्र विष्टले भने, ‘हाम्रो योगदानको कदर नगरी म्याद थप गरिएको छैन, दसैँमा तलब नपाउँदा निकै खल्लो महसुस गरिरहेका छौँ।’
म्याद थपको आशामा बसेको भन्दै उनले म्याद थपको सम्झौता नभएकाले तलब नपाइने बताइएपछि निकै निराश भएको बताए। शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले करारमा तीन तरिकाले स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कर्मचारी भर्ना गरिएको बताए।
‘केही स्वास्थ्यकर्मी नगरपालिकाबाट नियुक्त गरिएका छन्’, उनले भने, ‘केही वडा कार्यालय र केही स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन्।’ उनका अनुसार नगरपालिकाबाट नियुक्त गरिएकालाई सोझै र व्यवस्थापन समितिबाट नियुक्त भएकालाई स्वास्थ्य चौकीमा उपलब्ध गराइने अनुदानबाट तलबको व्यवस्था गरिँदै आएको छ। वडाबाट नियुक्त भएकालाई वडाबाटै तलब दिइँदै आएको छ।
करारमा कार्यत स्वास्थ्यकर्मीको म्याद थपका लागि केहीको सम्बन्धित कार्यालयबाट सिफारिस आए पनि केहीको अझै सिफारिस आउन नसक्दा तलब दिन नसकिएको उनको भनाइ छ। ‘नगरबाटै करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको नियुक्ति पत्र दिनुपर्छ भनेर नगरपालिकामा पत्राचार गरेका छौँ’, वडा नं. ३ का अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘कार्यपालिका बैठकमा पनि सबैलाई एकै ठाउबाट नगरबाटै नियुक्ति दिनुपर्छ भनेर छलफल भएको हो, अहिले आएर करारमा कार्यरत स्वास्थ्यकर्मीलाई नियुक्ति नदिएर अन्यौलता सिजर्ना गर्ने कार्य हुँदैछ।’
करारमा कार्यरत स्वास्थ्यकर्मीले तह गत रूपमा तलबको व्यवस्था नहुदा न्यून तलबमा कार्य गर्दै आएका छन्। अहेब पदमा कार्यरतले १५ हजारदेखि १८ हजार ५०० तलबमा कार्य गर्दै आएका छन्। ‘खटाइएको काम लगनशीलतका साथ काम गर्दै आएका छौँ’, स्वास्थ्यकर्मी दिलबहादुर धामीले भने, ‘तलबमा विभेद गरिएको छ, करार सम्झौताको म्याद थप गरी तहगतरूपमा तलबको व्यवस्था गरिनुपर्छ।’
दशैँलगायतका चाडपर्व सहजरूपमा मनाउने वातावरण सृजना गरी म्याद थप गरी तलब उपलब्ध गराउनुपर्ने उनले जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: