Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

खबरडबली संवाददाता

म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताए । 

“पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उनले भने, “यस याममा प्रतिकिलो रु ९० देखि रु एक सयपर्ने स्याउ  चिस्यान गृहमा राख्दा बेमौसममा दोब्बर बढी मूल्य पार्न सकिन्छ ।”

चिस्यान गृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका अर्का कृषक विश्व लालचनको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा राजुले यस वर्ष र विश्वले अघिल्लो वर्ष १०/१० मेट्रिकटन क्षमताको चिस्यानगृह बनाएका थिए । 

रु १४ लाख लगानी भएको चिस्यानगृह बनाउन स्याउ जोनले रु ११ लाख अनुदान दिएको थियो । “असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ”, कृषक विश्व लालचनले भने, “चारदेखि पाँच महिना चिस्यान गृहमा राखेको स्याउ दोब्बर बढी मूल्यमा गाउँबाटै बिक्री हुन्छ ।” 

चिस्यानगृह नहुँदा मुस्ताङका कृषकले घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्दथे । यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए । 

स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन मुस्ताङमा पाँच  चिस्यानगृह निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताए । 

“वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्”, उनले भने, “मुस्ताङमा प्रभावकारी भएकाले कोल्डस्टोरको माग बढी छ ।”

गत आर्थिक वर्ष २०७९-८० मा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रो फार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०-१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो । 

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । 

गत वर्ष मुस्ताङमा छ हजार छ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो । रु ५० करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिकटन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको थियो ।

बगैँचामा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले स्याउ बिक्री भएको छ । रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउखेती भएको छ । मुुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ । 

स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो । यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचा रित्तिन थालेका छन् । नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा नै व्यापारीलाई ठेक्का दिएका थिए । 

यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्नसक्ने अनुुमान गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताए । “फूल खेलेर परागसेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ”, उनले भने, “यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख, जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन् ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: