Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

बिआरआई विश्वसम्मेलनमा भाग लिन झलनाथ खनाल चीन प्रस्थान

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्। बिआरआइको तेस्रो सम्मेलनमा भाग लिन नेता खनाल एक साताको निम्ति चीन प्रस्थान गरेका हुन्। 

आजभन्दा १० वर्ष पहिले चीनले अघि सारेको बिआरआरबोर सम्मेलनमा बृह्त छलफल हुने बताइएको छ। नेता खनालले बिआरआइलाई विश्वव्यापी परियोजना भएको बताए । 

उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने संस्थाका रुपमा स्थापना भएको बिआरआइ विकासको योजना, निर्माणको योजना हो। अहिलेसम्म विश्वका १५२ भन्दा बढि मुलुकले अपनाइ सकेका छन्।’ 

बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइं) को १० वार्षिकीमा विश्वका एक सय ५० भन्दा धेरै देशका अधिकारीहरूको उपस्थिति रहने छ। नेपालको तर्फबाट खासगरी एकीकृत समाजवादीको तर्फबाट नेता खनाललाई उक्त सम्मेलनमा भाग लिन निम्तो आएको थियो।  

पत्रकार भेटघाटमा उनले उक्त सम्मेलनमा हुने निर्णय, ज्ञान, सीप, शिक्षा र र विकासका मोडलहरूलाई नेपालमा लागु हुने गरी फर्किने बताए। नेपाल र चीनबीचको १६ सय वर्षे पुरानो सम्बन्धलाई थप बलियो बनाउन यो सम्मेलनले सहयोग पु¥याउने उनको विश्वास छ। 

नेपाल–चीनबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध सभ्यता, साँस्कृतिक इतिहास, नदीनालाबाट जोडिएको अन्तर सम्बन्धलाई थप मजबुद बनाउने बताए। 

सन् २०१७ मा बेल्ड एण्ड रोड इनिसिएटिभ प्रोजेक्टबारे नेपाल–चीनबीच सम्झौता भएपनि लागू गराउन नसकिएको नेता खनालले बताए। अबको सम्मेलनबाट दुई सरकारबीचको सम्बन्धलाई विकास गर्न र सो परियोजनाको कार्यान्वयनमा गराउन नेपाल सरकारलाई विशेष पहल गरिने बताए। 

एक हप्ताको बसाईमा नेता खनालले चीन सरकारका प्रतिनिधिहरू र अन्तरपार्टीबीच भेटघाट तथा छलफल गरिने बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending