काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्। बिआरआइको तेस्रो सम्मेलनमा भाग लिन नेता खनाल एक साताको निम्ति चीन प्रस्थान गरेका हुन्।
आजभन्दा १० वर्ष पहिले चीनले अघि सारेको बिआरआरबोर सम्मेलनमा बृह्त छलफल हुने बताइएको छ। नेता खनालले बिआरआइलाई विश्वव्यापी परियोजना भएको बताए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने संस्थाका रुपमा स्थापना भएको बिआरआइ विकासको योजना, निर्माणको योजना हो। अहिलेसम्म विश्वका १५२ भन्दा बढि मुलुकले अपनाइ सकेका छन्।’
बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइं) को १० वार्षिकीमा विश्वका एक सय ५० भन्दा धेरै देशका अधिकारीहरूको उपस्थिति रहने छ। नेपालको तर्फबाट खासगरी एकीकृत समाजवादीको तर्फबाट नेता खनाललाई उक्त सम्मेलनमा भाग लिन निम्तो आएको थियो।
पत्रकार भेटघाटमा उनले उक्त सम्मेलनमा हुने निर्णय, ज्ञान, सीप, शिक्षा र र विकासका मोडलहरूलाई नेपालमा लागु हुने गरी फर्किने बताए। नेपाल र चीनबीचको १६ सय वर्षे पुरानो सम्बन्धलाई थप बलियो बनाउन यो सम्मेलनले सहयोग पु¥याउने उनको विश्वास छ।
नेपाल–चीनबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध सभ्यता, साँस्कृतिक इतिहास, नदीनालाबाट जोडिएको अन्तर सम्बन्धलाई थप मजबुद बनाउने बताए।
सन् २०१७ मा बेल्ड एण्ड रोड इनिसिएटिभ प्रोजेक्टबारे नेपाल–चीनबीच सम्झौता भएपनि लागू गराउन नसकिएको नेता खनालले बताए। अबको सम्मेलनबाट दुई सरकारबीचको सम्बन्धलाई विकास गर्न र सो परियोजनाको कार्यान्वयनमा गराउन नेपाल सरकारलाई विशेष पहल गरिने बताए।
एक हप्ताको बसाईमा नेता खनालले चीन सरकारका प्रतिनिधिहरू र अन्तरपार्टीबीच भेटघाट तथा छलफल गरिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: