काठमाडौं । नवरात्र सुरु भएदेखि नै काठमाडौं उपत्यकामा रहेका विभिन्न शक्ति पीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।
राष्ट्रप्रमुखले विभिन्न शक्ति पीठको दर्शन गर्ने क्रममा पहिलो पुग्ने शक्ति पीठ नक्साल भगवती मन्दिरमा पनि रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।
बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा साँझ बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । उनले भने, ‘प्रमुख शक्ति पीठमध्येको एक शक्ति पीठलाई स्थानीयले राम्रोसँग संरक्षण गरेका छौँ, अझ दशैंको बेला बढी भक्तजनको उपस्थिति हुने समयमा मन्दिरलाई सरसफाइसँगै आकर्षक बनाउन रङ्गीचङ्गी बत्तीले सजाएका छौँ । जसले गर्दा बिहान मन्दिरमा दर्शन गर्न आउने भक्तजन साँझ फोटो खिच्न आउनुहुन्छ ।’
सोह्र भुजायुक्त देवीको मूर्ति रहेको भगवती दुर्गाकै रुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको ठूलो आस्था रहेको मन्दिरका पुजारी निलिक महर्जनले बताए । उनले भने, ‘दुर्गाकै रुपमा पुजिने नक्साल भगवतीप्रति भक्तजनको ठूलो आस्था छ ।’
हिजो आज दशैंको समय भएकाले साँझको समयमा त झन् मन्दिर साँच्चिकै सुन्दर देखिएको प्रशान्त रजकले जानकारी दिए । ‘मन्दिर सुन्दर देखिएको छ’, उनले भने, ‘भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको आस्था रहेको पाइन्छ ।’
यो मन्दिरको स्थापना लिच्छविकालमा भएको किम्बदन्ती रहेको छ । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन् । यी तीनवटी देवीलाई दिदीबहिनी मान्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: