काठमाडौं । नवरात्र सुरु भएदेखि नै काठमाडौं उपत्यकामा रहेका विभिन्न शक्ति पीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।
राष्ट्रप्रमुखले विभिन्न शक्ति पीठको दर्शन गर्ने क्रममा पहिलो पुग्ने शक्ति पीठ नक्साल भगवती मन्दिरमा पनि रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।
बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा साँझ बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । उनले भने, ‘प्रमुख शक्ति पीठमध्येको एक शक्ति पीठलाई स्थानीयले राम्रोसँग संरक्षण गरेका छौँ, अझ दशैंको बेला बढी भक्तजनको उपस्थिति हुने समयमा मन्दिरलाई सरसफाइसँगै आकर्षक बनाउन रङ्गीचङ्गी बत्तीले सजाएका छौँ । जसले गर्दा बिहान मन्दिरमा दर्शन गर्न आउने भक्तजन साँझ फोटो खिच्न आउनुहुन्छ ।’
सोह्र भुजायुक्त देवीको मूर्ति रहेको भगवती दुर्गाकै रुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको ठूलो आस्था रहेको मन्दिरका पुजारी निलिक महर्जनले बताए । उनले भने, ‘दुर्गाकै रुपमा पुजिने नक्साल भगवतीप्रति भक्तजनको ठूलो आस्था छ ।’
हिजो आज दशैंको समय भएकाले साँझको समयमा त झन् मन्दिर साँच्चिकै सुन्दर देखिएको प्रशान्त रजकले जानकारी दिए । ‘मन्दिर सुन्दर देखिएको छ’, उनले भने, ‘भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको आस्था रहेको पाइन्छ ।’
यो मन्दिरको स्थापना लिच्छविकालमा भएको किम्बदन्ती रहेको छ । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन् । यी तीनवटी देवीलाई दिदीबहिनी मान्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: