काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमी (दशैँ) को आज तेश्रो दिन । नवरात्री सुरु भएसँगै काठमाडौं उपत्यकाका व्यापारीक क्षेत्रहरुमा किनमेल गर्नेको भीड लागेको छ ।
असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, गोंगबु, कलंकी, कालीमाटी, बल्खु लगायत क्षेत्रमा किनमेल गर्ने सर्वसाधरणको भीड लागेको छ । यहीबीचमा पूर्खौली थलोमा दशैँ मान्न जाने सर्वसाधरणहरु काठमाडौं छाडेर जाने संख्या पनि बढ्दो छ ।
विशेषगरी उपत्यकाबाहिर जाने चार वटा नाका छन् । कलंकी – नागढुंगा सडकखण्ड, बल्खु–फर्पिङ सडक खण्ड, बालाजुको वाईपास रोड र भक्तपुर– जगते नाकाबाट घटस्थापनाको दिन देखि मंगलबार बिहानसम्म डेढ लाख भन्दाबढी सर्वसाधरणले उपत्यका छाडिसकेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार घटस्थापनाको दिन ५१ हजार जना उपत्यकाबाट बाहिरिएका थिए ।
त्यसैगरी सोमबार ५१ हजार तीन सय ३८ र पछिल्लो २४ घण्टामा ७३ हजार ८ सय ९६ जना सर्वसाधरण उपत्यकाबाट बाहिरिएको जानकारी एसएसपी भट्टले दिए ।
उनका अनुसार उपत्यका बाहिरिनेको संख्या अझै बढ्ने छ । भट्टले भने,‘ कति जना टिकट बुकिङ गरेर गएका छन्, कति नीजि सवारीसाधनमा गएका छन्, अहिलेसम्म डेढ लाख बढी उपत्यकाबाट बाहिरिएको हाम्रो तथ्यांक छ ।’
ट्राफिक कार्यालयका अनुसार असोज २९ सम्म टिकट अग्रिम बुकिङ ८६ हजार ६ सय जनाले गरेका छन् । गत वर्ष १० लाख सर्वसाधरण दशैँ मान्न उपत्यका बाहिरिएका थिए । यो वर्ष भने करिब १५ लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिने अनुमान ट्राफिक कार्यालयको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: