Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तौलअनुसार मासु खान विज्ञकाे सल्लाह

'५० केजीसम्म तौल भएको व्यक्तिले दैनिक एक सय ग्राम'

खबरडबली संवाददाता

काठमाडौं । दसैँको बेला अधिकांश भान्सामा मासुको परिकार नै धेरै बन्ने गरेको पाइन्छ । मासुका धेरै परिकार खाइरहँदा स्वास्थ्यलाई भने ध्यानमा राख्न चिकित्सकहरू सुझाव दिन्छन् ।

क्लिनिकल न्युट्रेसनिष्ट प्रतिमा सेनका अनुसार चाडपर्वको समयमा रातो मासु बढी खानाले स्वास्थ्यमा तत्कालीन मात्र नभई दीर्घकालीन असर पुग्नसक्छ । राताे मासुमा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वस्थ्य र वयस्क व्यक्तिले आफ्नो शरीरको तौलअनुसार खानु उचित हुन्छ ।

सेनका अनुसार ५० केजीसम्म तौल भएको व्यक्तिले दैनिक एक सय ग्राम अर्थात् ३ देखि ४ पिस राताे मासु खानु स्वास्थ्यवर्द्धक हुन्छ । तर, विशेष व्यायाम गर्ने, खेल खेल्ने व्यक्तिले भने यसको मात्रा बढाउनसक्ने उनी बताउँछिन् ।

दीर्घरोगीहरूले भने एकसय ग्रामका हिसाबले साताको तीन पटक कुखुरा वा माछा खान सकिने तर राताे मासु भने मासिक १ पटक मात्रै खाए स्वास्थ्यवर्द्धक हुने उनको सुझाव छ । प्रोटिनको मात्रा अधिक हुन नदिन गेडागुडी, मासु तथा भात एकैपटक धेरै नखान र मासुसँगै सागसब्जी पनि उत्तिकै मात्रामा खान उनको सुझाव छ । 

विशेषगरी ताजा मासु, तथा अनप्रोसेस्ड मासुमा धेरै प्रोटिन माइक्रोन्युट्रेन्ट, आइरन, जिंक, भिटामिन बी १२ लगायत पोषण हुने भएकाले एकैपटक धेरै खाँदा ब्लडप्रेसर, मुटुसम्बन्धि विभिन्न समस्या तथा कोल्स्ट्रोल बढ्नसक्ने वि१काे सुझाव रहेकेा छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: