काठमाडौं । भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमति वर्गको अरुवा चामल (नन् बासमति ह्वाइट राइस) दिने भएको छ । भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको हाे ।
जसमा नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेशिया, फिलिपिन्सलगायत देशका लागि कोटा तोकेर चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । तर, आधिकारिक रुपमा नेपाल सरकारलाइ पत्र भने पठाएको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताए । उनका अनुसार अहिले नेपाललाई नन् बासमति ह्वाइट राइस आवश्वक पर्दैन । उनले भने, “अहिले नेपाललाई यो चामलकोे आवश्यकता पर्दैन । भारतबाट गत बर्ष पाएको कोटाबाट आयात गरिएको धानको प्रशोधन हुन सकेको छैन । धानबाट उत्पादित चामल पनि बिक्री हुन सकेको छैन ।”
उनका अनुसार अहिले नेपालमा नयाँ चामल उत्पादन हुने समय भएका कारण गैर बासमती वर्गको चामलको आवश्यकता नहुने उनको भनाइ छ । नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने ठाकुरले बताए ।
भारतले सन् २०२३ मा नेपालले ६ लाख टन धान आयात गर्न पाउनेगरी कोटा दिएको थियो । झापा, मोरङ्का किसानले धान बिक्री नभएको भन्दै आफूलाई फोनमार्फत गुनासो गर्नेगरेको उनले सुनाए ।
प्रवक्ता ठाकुरले भन्नुभयो, झापा, मोरङ्का किसानहरुले धान विक्री नभएको भन्दै गुनासो गर्नेगरेका छन् । अब नेपालमा नै धानको उत्पादन हुन्छ, भारतले कोटा छुट्याएको यो धान आयात गर्नु अव आवश्यक छैन । भारतमा अब नयाँ चामल उत्पादन हुन थालेकाले भारतले निर्यातमा फुकुवा गरेको उनको बुझाइ छ । भारतले प्रतिबन्ध लगाएको समयमा उपभोक्ताले महँगो मूल्यमा चामल किनेर खानु परेकाले अब यो फुकुवाको कुनै अर्थ नरहेको ठाकुरले बताए ।
उनले भने, जुन समयमा नेपाली उपभोक्ताले महँगो मूल्यमा चामल खरिद गरेर खान बाध्य भए त्यो समयमा भारतले प्रतिबन्ध गर्यो । अहिले नेपालमै धान उत्पादनको काम सुरु भइसकेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: