काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाइँले भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायरका आफ्नो टोली तयार रहेको बताएका छन् ।
प्रतियोगिता पूर्व पत्रकारसँगको अन्तरक्रियामा प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको बताएका हुन् ।
राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनको भनाई छ । ‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’ उनले भने, ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ।’
उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ । त्यस्तै कप्तान रोहित पौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबी गर्दै, त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको स्विकार गरे ।
‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो ।’ उनले ब्याटिङ अर्डर पनि आवश्यकताका आधारमा परिर्माजन हुने बताए । उनले भने ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ,’।
कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने कप्तान पौडेलको भनाई छ । सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने उनीहरुको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - २०:२५
परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे
फाल्गुन १५ गते, २०८२ - २०:०२
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...
फाल्गुन १५ गते, २०८२ - १९:३३
ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...
फाल्गुन १५ गते, २०८२ - १९:१४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...
फाल्गुन १५ गते, २०८२ - १९:१२
महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...
फाल्गुन १५ गते, २०८२ - १९:०२
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...
फाल्गुन १५ गते, २०८२ - १८:५९
जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...
फाल्गुन १५ गते, २०८२ - १८:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...
फाल्गुन १५ गते, २०८२ - १८:४३
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका ...
फाल्गुन १५ गते, २०८२ - १८:३७
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देश चुनावी माहोलमा प्रवेश गरेको छ। वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई विश...



प्रतिकृया लेख्नुहोस्: