रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्लाभित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजारको माछामासु बिक्री भएको हाे ।
मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपियाँको बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए । उनका अनुसार माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको छ । तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछामासुमा पछिल्लो समय आत्मनिर्भर बनेको उनले बताए । स्थानीय उत्पादनले नै जिल्लामा माछामासुको आवश्यकता पूरा भई जिल्ला बाहिरसमेत खसी, बोका बिक्री भइरहेको उनकाे भनाइ छ ।
जिल्लामा गत आव २०७९/८० मा आठ सय ३९ दशमलव २६ मेट्रिकटन अर्थात आठ लाख नौ हजार दुई सय २० केजी मासु उत्पादन भएर बिक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिकटन अर्थात दुई लाख ३१ हजार केजी उत्पादन भएको छ । जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन काठमाडौँलगायतका विभिन्न बजारमा पठाउने गरिएको छ ।
जिल्लाको आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा व्यावसायिकरुपमा बाख्रापालन गरिएकाले धेरै मासु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ ।
स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उहाँको भनाइ छ । व्यावसायिकरुपमा अण्डाका लागि कुखुरापालन नगरिएकाले जिल्लामा अण्डा पोखरा, चितवन दाङबाट ल्याउनुपर्ने बाध्यता रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: