Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

फूलमा आत्मनिर्भर भएपछि भारतबाट आयात हुने फूलमा प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी आयातमा रोक लगाएको हाे । 

फूल तथा फूलको बोट, बिरुवा, बिउबिजनसम्बन्धी कार्यलाई सङ्घीय सरकारका तर्फबाट पनि पुष्प विकास केन्द्रले हेर्ने भएकाले देशव्यापी रूपमा नै प्रतिबन्ध लगाएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताए । फूलमा आत्मनिर्भर हुनका लागि नै आयातमा प्रतिबन्ध लगाएको हो र फूल व्यवसायले नेपालमा उत्पादन हुने फूलबाट नै धान्न सकिने अवस्था रहेको भनेका कारण सरकारले आयातमा रोक लगाएको उनकाे भनाइ छ ।

यो तिहारमा १०–१५ प्रतिशत फूल अपुग हुन सक्ने देखिएको छ, कात्तिक १ भन्दा पहिले सिफारिस लिइसकेका व्यवसायीले मात्र आयात गर्न सक्ने पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले बताए । पुष्प विकास केन्द्रका प्रमुख श्रेष्ठले फूलमा नेपाल लगभग आत्मनिर्भर नै छ, गत वर्षभन्दा यसपालि उत्पादन पनि बढी भएको छ, आफ्नै उत्पादनले पुग्ने भएपछि आयातका लागि सिफारिस नगरिएकाे उनले बताए । 

फूल आयातका लागि केन्द्रले नै सिफारिस गर्नुपर्ने हुन्छ । त्यो सिफारिस अहिलेलाई बन्द गरिएको उहाँले बताउनुभयो तर प्लान्ट क्वारेन्टाइनले चाहेमा फूल आयातका लागि इजाजत दिन सक्छ । केन्द्रले सिफारिस गरेपछि फूल ल्याउने इजाजत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले दिने गर्छ । 

पुष्प विकास केन्द्रले फूल आयात गर्न सिफारिस दिए पनि नदिए पनि खासै फरक नपर्ने प्लान्ट क्वारेन्टाइन केन्द्रका अधिकारी महेशचन्द्र आचार्यले बताए । भारतबाट आउने फूल निरोगी छ भनी प्रमाण पेस गरेमा हामीले आउन दिने उनकाे भनाइ छ । सबै प्रक्रिया पूरा गरेमा आफूहरूले नाकामा फूल रोक्न मिल्दैन तर नेपालमा सयपत्रीमा नपाइने रोग पनि भारतमा पाइएको र त्यही भएर अलि कडा गरेको बताउँदै उनले कुनै प्रकारको रोग वा कीटाणु छैन भनी प्रमाणित भयो भने आयात गर्न दिने बताए । 

पुष्प विकास केन्द्रले फूलको बिउ, बिरुवाका लागि सिफारिस नगरेसम्म क्वारेन्टाइनले आयात गर्न नदिने प्रावधान रहेको छ । फूलको बिउ, बिरुवा आयातका लागि पुष्प विकास केन्द्रको सिफारिस अनिवार्य छ तर फूल आयातका लागि छैन । 

तर, पुष्प विकास केन्द्रको सूचनामा भनिएको छ, “यस वर्ष तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा कात्तिक १ देखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सत्रपत्री मालाको आयात अनुमतिको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ । इजाजतपत्रबाहेक आयात गरिएको वस्तु अवैध हुने छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending