महाेत्तरी । प्याट्रोलिङ्गको क्रममा बर्दिवासमा प्रहरीले भेटाएको ९ लाख रुपैया जिम्मा लगाईएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पशलका संचालक जगदिश महतोको एकिन भएपछी महतोलाई हस्तान्तरण गरिएको हो ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका, व्यवसायीहरु गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैया महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।
कसरी फेला परेको थियो ?
गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकवाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पशल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।
झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै संकास्पद नभएको अनुमान लगाएपछी सोही लौरोले ताने अनि खोलेर हेरे । खाेलेर हेरेका मात्र थिए, झोलाभरी पैसा नै पैसा देखेपछी उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।
यादवले केही स्थानियहरुको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही विलहरु पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैया रहेको एकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको बिषयमा निक्कै खैलावैला भयो । महतो किराना पसलको केही आधारहरु देखिए पछि स्थानियहरुले महतोलाई पनि जानकारी दिए ।
हप्तादिनसम्म महतोबाहेक दावी गर्न नआएपछी प्रहरीले उनकाे पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।
प्रहरी मेरा लागी भगवान जस्तै बने
पैसा हराएको थाहा पाएदेखी निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमान्दारिता माथी नतमस्तक भएको वताए ।`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उन्ले भने ।
पैसा यदि प्रहरीले बाहेक अरुले भेटाएको भए भेटन निक्कै मुस्किल पर्ने बताउदै उनले यो खुसियालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाईदिने घोषणा गरेका छन । २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।
ब्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् । प्रहरीले सर्वसाधारणको साथी मात्र हैन्र, गतिलो भरोसा हो भन्ने बिषयलाई प्रहरी जवानले देखाएको जिम्मेवारीप्रतिको इमान्दारिताले प्रमाणित गरेको स्थानियहरुको तर्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: