चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले कात्तिक १२ गते देखि १६ गतेसम्ममा ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ । प्राधिकरणले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो ।
केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा बिहीबारसम्म तीन सय ३० ग्राहकको लाइन काटिएको छ । सो क्रममा एक करोड चार लाख ३८ हजार बराबरको बक्यौता रकम बराबरको लाइन काटिएको थियाे ।
लाइन काटिएकामध्ये ८० प्रतिशतले बक्यौता रकम बुझाउन आएका उनकाे भनाइ छ । बक्यौता रकम पूर्णरुपमा नतिरे पनि एक सातादेखि एक महिनासम्मको भाकामा बक्यौता तिर्छु भनेर कबुल गरेर लाइन जडान गरेका छन् । लाइन काटिएकामध्ये दुई सय ९७ ग्राहकले बक्यौता रकम बुझाएका छन् ।
आर्थिकमन्दीका कारण ग्राहकले समयमा पैसा बुझाउन नसकेको हुनसक्ने उनको भनाइ थियो । कतिपय ग्राहकले २० देखि ३० प्रतिशत मात्रै बक्यौता रकम बुझाउने गरेका छन् ।
कार्यालयका अनुसार तीन हजार दुई सय ९४ ग्राहकको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । उनीहरुको यही अभियानका क्रममा लाइन काटिने उनले बताए । उनीहरुबाट १८ करोड ५३ लाख बक्यौता उठ्न बाँकी रहेको छ । केन्द्रले चालु आर्थिक वर्षको कात्तिक १६ गतेसम्म बक्यौता नतिर्ने छ सय ३१ ग्राहकको लाइन काटेको छ ।
उनीहरुबाट दुई करोड २१ लाख ७८ हजार बक्यौता उठ्न बाँकी रहेको कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । अभियानअन्तर्गत लाइन काट्न थालेसँगै लाइन नकाटिएका ग्राहकसमेत महसुल तिर्न आउन थालेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: