झापा । नेकपा माओवादी केन्द्र दमकले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि निगरानी गर्ने भएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको गुनासोपछि माओवादी केन्द्र दमकको बैठकले यस्तो निर्णय गरेको हो ।
दमक माओवादीले शिक्षकको जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्दै शिक्षकलाई पनि सुधार गर्नुपर्ने जनाएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग राखेको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।
‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न त्यहाँ कार्यरत शिक्षक नै आफ्नो पढाईमा विश्वस्त छन् कि छैनन् पहिला जाँच गर्नुपर्छ । उनीहरुका सन्तानलाई सामुदायिक विद्यालयमा पढाएका छन् कि छैनन् अनुगमन जरुरी छ,’ उनले भने, ‘दमकका सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाएका छन् भने माओवादी दमकले पुरस्कृत गर्छ । सामुदायिक विद्यालयका शिक्षकले सरकारी विद्यालयको विश्वास नगरी निजीमा पढाएका रहेछन् भने सम्बन्धित निकायमा जानकारी गराउँछौँ ।’ निर्णय कार्यान्वयनका लागि वडामा रहेका शिक्षण संस्थाको विवरण नगर पार्टीमा दिन माओवादीले कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।
यस्तै, नगर कमिटी बैठकबाट जसपाका पूर्वकेन्द्रीय सदस्य देउकुमार लिम्बूसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीसहित विद्यापति तिम्सिना, राप्रपाका टिका दंगाल, एमालेका डेविट शाही, गुमानसिंह तामाङलाई पार्टी व्रवेश गराउँदै नगर कमिटीमा मनोनित गरिएको छ ।
उनीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य इन्द्रबहादुर आङ्बो मौसमले पार्टी प्रवेश गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: