Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

वाह ! जनताप्रति संवेदनशील प्रचण्ड सरकार

गणेश लम्साल
गणेश लम्साल

—अमेरिकामा भीषण समुन्द्रि आँधी आउने, हजारौं नागरिकलाई रातारात सुरक्षित स्थानमा सारियो ।
—जपानमा भयानक विनाशकारी भुकम्प प्रभावितहरुको द्रुत रुपमा उद्धार उपचार अनि पुर्नस्थापना ।
—चीनमा कोभिड महामारीको संक्रमण, उपचारका लागि हजारौ शैय्याको अस्पताल रातारात निर्माण

विनाशकारी प्राकृतिक प्रकोपबारेका यस्ता समाचारहरु विभिन्न माध्यमबाट सुन्दै पढ्दै आएका थियौं । र, हामीलाई अचम्म मात्र लाग्दैनथ्यो आरिस पनि लाग्थ्यो, हाम्रो देशको क्षमता र प्राथमिकता यस्तै भइदिए ..!

शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भुकम्प गयो । त्यसबाट १५९ जनाको मृत्यु भैसकेको छ । ३३७ जना घाइते भएका छन् । हजारौं घर पूर्णरुपमा भत्किएका छन् ।

शुक्रबार मध्यराति भुकम्प गएको सूचना पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड तुरुन्तै सक्रिय बने । सुरक्षा निकाय र प्रशासकहरुलाई अलर्ट गराए । मन्त्रीहरुलाई विभागीय जिम्मेवारीमा लाग्न निर्देशन गरे । बिहानकै राति घाइतेको उद्धार र उपचारमा लाग्ने भन्दै नागरिकहरुलाई सम्बोधन गरेर स्वास्थ्यकर्मीको टोली लिएर सबेरै घटनास्थल पुगे ।

त्यहाँ उनले घटनास्थल र घाइतेको अवस्था आफैंले प्रत्यक्ष अवलोकन गरे । सरकार उद्धार र उपचारका लागि आइसकेको सन्देश पीडितहरुलाई दिए । घाइतेहरुको उद्धारमा कुनै कमजोरी नगरी उनले राज्यका संयन्त्रहरुको चुस्त परिचालन गरे । परिणामस्वरुप सुरक्षा निकायहरुले शनिबार दिँउसोसम्म अधिकांश उद्धार गरेर सबैलाई उपचारको पहुँचमा पुर्याउने सफलता प्राप्त गरे । प्रम प्रचण्डले शिकिस्त घाइतेहरुलाई नेपालगन्ज र काठमाडाैंका अस्पतालमा उपचारका लागि पठाउन लगाए । प्रदेश र अन्तर प्रदेशका ठूला अस्पताललाई घाइतेको उपचार गर्ने केन्द्र घोषणा गरे । बिदामा बसेका सबै कर्मचारी चिकित्सक र कर्मचारीहरुलाई सेवामा लाग्न निर्देशन गरे । आफैं चढेर गएको हेलिकेप्टरमा राखेर दजनौं घाइतेहरुको उद्धार गरी उपचार पाउने वातावरण बनाए । साँझ फर्केर आएपछि पनि उनी निरन्तर भूकम्प प्रभावितहरुको उद्धार र राहतकाबारेमै सक्रिय बने । आइतबार विहान उनले मन्त्री परिषद्को बैठक बोलाएर आवश्यक निर्णय गरे । गृहमन्त्री सहितको टोलीलाई आवश्यक राहत र उपचार सामग्री सहित प्रभावित जिल्लामा पठाए । भुकम्प पीडित परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत दिने घोषणा गरे । अनि प्रभावित जिल्लालाई तत्काल राहत, उद्धार र उपचारका लागि पाँच÷पाँच करोड उपलब्ध गराउने निर्णय गरे । सबै सहयोग रकम एकद्वार प्रणालीबाट राहत कोषमा जम्मा गर्ने र एकद्वार प्रणालीबाटै वितरण गर्ने नीति लागू गराए । अनि भुकम्प पिडितहरुका नाममा जथाभावी चन्दा संकलन नगर्न आग्रह गर्दै ठगी गर्नेहरुलाई कारबाही गर्ने सन्देश पनि सुरक्षा निकायमार्फत प्रवाह गराए ।

यति मात्र हैन प्रमकै निर्देशनमा नेपाल आयाल निगमले प्रभावित क्षेत्रको उद्धारमा लाग्ने हवाई इन्धन निशुल्क गर्ने घोषणा गर्यो । टेलिकमले दुई हप्तासम्म दुई जिल्लामा फोन र ईन्टरनेट सेवा निःशुल्क बनायो । यसैबाट प्रेरित भएर प्रदेश सरकारहरुलले पनि सहयोग घोषणा गरे । राहत र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाए । निजी क्षेत्रहरुले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । नीजि अस्पतालहरुले घाइतेको निःशुल्क उपचार गरिदिने भए । संघसंस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि सहयोग गरे ।अब सिकिस्त घाइतेहरु प्रभावकारी उपचार र मृतकहरुको शव पहिचान गरी सदगत गर्ने काम अगाडि बढेको छ । घरबार गुमाएकाहरुलाई तत्काल सुरक्षित बासको व्यवस्था गर्ने र खानाको प्रबन्ध मिलाउने दायित्व सरकारसँग छ ।

अहिले प्रधानमन्त्रीको सक्रियता हेर्दा सरकारले द्रुतरुपमा काम गर्न सक्छ भन्ने सन्देश गएको छ । यस्तै तदारुकता पुनःनिर्माणमा पनि देखिनुपर्छ । त्यो विश्वास अहिले पैदा भएको छ ।विनाशकारी भुकम्पपछि छिमेकी देश चीनलगायत विभिन्न मुलुकले सहयोगको घोषणा गरेका छन् । जसले सरकारलाई राहत तथा पुनः निर्माणको कार्यका लागि ढाडस प्राप्त भएको छ ।

यस्तो सक्रियता र सकारात्मक क्रियाशीलतालाई केहीले पचाउन चाहिरहेका छैनन् । उनीहरुले प्रधानमन्त्रीको सक्रियतामाथि नकारात्मक टिप्पणीहरुको खोजी जारी राखेका छन् । कुप्रचार गर्नेहरुका लागि तर्क र तथ्य चाहिँदैन बुझपचाउँदा भइहाल्छ ।सरकारको पहिलो कर्तव्य नागरिकहरुको जीवनको रक्षा हो । पहिले घटनामा प्रभावित भएकाहरुको उद्धार र उपचार अनि त्यसपछि मात्र राहत, सुरक्षित बास र पुननिर्माण हुन्छ भनेर उनीहरु बुझ्न चाहदैनन् । प्रधानमन्त्रीले प्रत्यक्ष अवलोकन गरेपछि अवस्था र आवश्यकता पहिचान भई ठिक निर्णय गर्न र सोही अनुरुप जनशक्ति परिचालन गर्न सकिने तथ्यलाई नजरअन्दार गर्न हुँदैन ।

प्राकृतिक प्रकोपका घटनालाई टार्न सकिदैन तर सतर्कता निरन्तर अपनाउन जरुरी हुन्छ । जोकसैको नेतृत्वमा सरकार भए पनि प्राकृतिक प्रकोट टार्न सकिदैन तर सर्तकता र सक्रियताले क्षतिलाई न्यून गर्न सकिन्छ ।आरिसेहरुले जे भनुन् तर यस पटकको भूकम्पमा प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारको सक्रियता र कार्य प्रशंसायोग्य छ । प्रतिपक्षीले पनि फत्तुर लगाउने मसला भेटेका छैनन् ।

नेपाल बाढी, पहिरो, आगलागी, चट्याङ, भूकम्प आदि प्राकृतिक प्रकोपका दृष्टिले जोखिममा छ । विसं १९९०, २०४५, २०६८ र २०७२ सालमा गएको ठूला भुकम्पले नेपालमा धेरै जनधनको क्षति भैसकेको छ । त्यसबेला यो गतिका साथ उद्धार, उपचार र राहत व्यवस्थापनको काम भएको थिएन ।

हो, प्राकृतिक प्रकोप नियन्त्रण र रोकथामको क्षेत्रमा सरकारले अरु धेरै तयारी गर्न आवश्यक छ । त्यस अनुरुप जनशक्ति र साधनस्रोतको जोहो गर्नुपर्ने छ । सीमित स्रोत साधनकाबीच प्रभावकारी काम गर्नसक्नु सरकारको सफलता हो । प्रचण्ड नेतृत्वको सरकार जनताप्रति जिम्मेवार छ भन्ने यो उदाहरण पनि हो ।

माथि उल्लेख भएका मुलुकलेझैं प्रतिकार्य गर्न नसके पनि पछिल्लो समय इजरायल घटना र जाजरकोट भूकम्पको घटनामा देखाएको तदारुकताले सरकार प्रशंसाको हकदार बनेको छ । सरकारप्रति जनविश्वास बढाएको छ । अन्तमा प्रम प्रचण्ड र उनको सरकारको सक्रिय भूमिकाले मलाई पनि प्रशंसा गर्न बाध्य बनाएको छ — वाह ! जनताको सरकार । धन्यवाद ! प्रधानमन्त्री प्रचण्ड र तपाइँ नेतृत्वको सरकार ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending