Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

वाह ! जनताप्रति संवेदनशील प्रचण्ड सरकार

गणेश लम्साल
गणेश लम्साल

—अमेरिकामा भीषण समुन्द्रि आँधी आउने, हजारौं नागरिकलाई रातारात सुरक्षित स्थानमा सारियो ।
—जपानमा भयानक विनाशकारी भुकम्प प्रभावितहरुको द्रुत रुपमा उद्धार उपचार अनि पुर्नस्थापना ।
—चीनमा कोभिड महामारीको संक्रमण, उपचारका लागि हजारौ शैय्याको अस्पताल रातारात निर्माण

विनाशकारी प्राकृतिक प्रकोपबारेका यस्ता समाचारहरु विभिन्न माध्यमबाट सुन्दै पढ्दै आएका थियौं । र, हामीलाई अचम्म मात्र लाग्दैनथ्यो आरिस पनि लाग्थ्यो, हाम्रो देशको क्षमता र प्राथमिकता यस्तै भइदिए ..!

शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भुकम्प गयो । त्यसबाट १५९ जनाको मृत्यु भैसकेको छ । ३३७ जना घाइते भएका छन् । हजारौं घर पूर्णरुपमा भत्किएका छन् ।

शुक्रबार मध्यराति भुकम्प गएको सूचना पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड तुरुन्तै सक्रिय बने । सुरक्षा निकाय र प्रशासकहरुलाई अलर्ट गराए । मन्त्रीहरुलाई विभागीय जिम्मेवारीमा लाग्न निर्देशन गरे । बिहानकै राति घाइतेको उद्धार र उपचारमा लाग्ने भन्दै नागरिकहरुलाई सम्बोधन गरेर स्वास्थ्यकर्मीको टोली लिएर सबेरै घटनास्थल पुगे ।

त्यहाँ उनले घटनास्थल र घाइतेको अवस्था आफैंले प्रत्यक्ष अवलोकन गरे । सरकार उद्धार र उपचारका लागि आइसकेको सन्देश पीडितहरुलाई दिए । घाइतेहरुको उद्धारमा कुनै कमजोरी नगरी उनले राज्यका संयन्त्रहरुको चुस्त परिचालन गरे । परिणामस्वरुप सुरक्षा निकायहरुले शनिबार दिँउसोसम्म अधिकांश उद्धार गरेर सबैलाई उपचारको पहुँचमा पुर्याउने सफलता प्राप्त गरे । प्रम प्रचण्डले शिकिस्त घाइतेहरुलाई नेपालगन्ज र काठमाडाैंका अस्पतालमा उपचारका लागि पठाउन लगाए । प्रदेश र अन्तर प्रदेशका ठूला अस्पताललाई घाइतेको उपचार गर्ने केन्द्र घोषणा गरे । बिदामा बसेका सबै कर्मचारी चिकित्सक र कर्मचारीहरुलाई सेवामा लाग्न निर्देशन गरे । आफैं चढेर गएको हेलिकेप्टरमा राखेर दजनौं घाइतेहरुको उद्धार गरी उपचार पाउने वातावरण बनाए । साँझ फर्केर आएपछि पनि उनी निरन्तर भूकम्प प्रभावितहरुको उद्धार र राहतकाबारेमै सक्रिय बने । आइतबार विहान उनले मन्त्री परिषद्को बैठक बोलाएर आवश्यक निर्णय गरे । गृहमन्त्री सहितको टोलीलाई आवश्यक राहत र उपचार सामग्री सहित प्रभावित जिल्लामा पठाए । भुकम्प पीडित परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत दिने घोषणा गरे । अनि प्रभावित जिल्लालाई तत्काल राहत, उद्धार र उपचारका लागि पाँच÷पाँच करोड उपलब्ध गराउने निर्णय गरे । सबै सहयोग रकम एकद्वार प्रणालीबाट राहत कोषमा जम्मा गर्ने र एकद्वार प्रणालीबाटै वितरण गर्ने नीति लागू गराए । अनि भुकम्प पिडितहरुका नाममा जथाभावी चन्दा संकलन नगर्न आग्रह गर्दै ठगी गर्नेहरुलाई कारबाही गर्ने सन्देश पनि सुरक्षा निकायमार्फत प्रवाह गराए ।

यति मात्र हैन प्रमकै निर्देशनमा नेपाल आयाल निगमले प्रभावित क्षेत्रको उद्धारमा लाग्ने हवाई इन्धन निशुल्क गर्ने घोषणा गर्यो । टेलिकमले दुई हप्तासम्म दुई जिल्लामा फोन र ईन्टरनेट सेवा निःशुल्क बनायो । यसैबाट प्रेरित भएर प्रदेश सरकारहरुलले पनि सहयोग घोषणा गरे । राहत र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाए । निजी क्षेत्रहरुले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । नीजि अस्पतालहरुले घाइतेको निःशुल्क उपचार गरिदिने भए । संघसंस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि सहयोग गरे ।अब सिकिस्त घाइतेहरु प्रभावकारी उपचार र मृतकहरुको शव पहिचान गरी सदगत गर्ने काम अगाडि बढेको छ । घरबार गुमाएकाहरुलाई तत्काल सुरक्षित बासको व्यवस्था गर्ने र खानाको प्रबन्ध मिलाउने दायित्व सरकारसँग छ ।

अहिले प्रधानमन्त्रीको सक्रियता हेर्दा सरकारले द्रुतरुपमा काम गर्न सक्छ भन्ने सन्देश गएको छ । यस्तै तदारुकता पुनःनिर्माणमा पनि देखिनुपर्छ । त्यो विश्वास अहिले पैदा भएको छ ।विनाशकारी भुकम्पपछि छिमेकी देश चीनलगायत विभिन्न मुलुकले सहयोगको घोषणा गरेका छन् । जसले सरकारलाई राहत तथा पुनः निर्माणको कार्यका लागि ढाडस प्राप्त भएको छ ।

यस्तो सक्रियता र सकारात्मक क्रियाशीलतालाई केहीले पचाउन चाहिरहेका छैनन् । उनीहरुले प्रधानमन्त्रीको सक्रियतामाथि नकारात्मक टिप्पणीहरुको खोजी जारी राखेका छन् । कुप्रचार गर्नेहरुका लागि तर्क र तथ्य चाहिँदैन बुझपचाउँदा भइहाल्छ ।सरकारको पहिलो कर्तव्य नागरिकहरुको जीवनको रक्षा हो । पहिले घटनामा प्रभावित भएकाहरुको उद्धार र उपचार अनि त्यसपछि मात्र राहत, सुरक्षित बास र पुननिर्माण हुन्छ भनेर उनीहरु बुझ्न चाहदैनन् । प्रधानमन्त्रीले प्रत्यक्ष अवलोकन गरेपछि अवस्था र आवश्यकता पहिचान भई ठिक निर्णय गर्न र सोही अनुरुप जनशक्ति परिचालन गर्न सकिने तथ्यलाई नजरअन्दार गर्न हुँदैन ।

प्राकृतिक प्रकोपका घटनालाई टार्न सकिदैन तर सतर्कता निरन्तर अपनाउन जरुरी हुन्छ । जोकसैको नेतृत्वमा सरकार भए पनि प्राकृतिक प्रकोट टार्न सकिदैन तर सर्तकता र सक्रियताले क्षतिलाई न्यून गर्न सकिन्छ ।आरिसेहरुले जे भनुन् तर यस पटकको भूकम्पमा प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारको सक्रियता र कार्य प्रशंसायोग्य छ । प्रतिपक्षीले पनि फत्तुर लगाउने मसला भेटेका छैनन् ।

नेपाल बाढी, पहिरो, आगलागी, चट्याङ, भूकम्प आदि प्राकृतिक प्रकोपका दृष्टिले जोखिममा छ । विसं १९९०, २०४५, २०६८ र २०७२ सालमा गएको ठूला भुकम्पले नेपालमा धेरै जनधनको क्षति भैसकेको छ । त्यसबेला यो गतिका साथ उद्धार, उपचार र राहत व्यवस्थापनको काम भएको थिएन ।

हो, प्राकृतिक प्रकोप नियन्त्रण र रोकथामको क्षेत्रमा सरकारले अरु धेरै तयारी गर्न आवश्यक छ । त्यस अनुरुप जनशक्ति र साधनस्रोतको जोहो गर्नुपर्ने छ । सीमित स्रोत साधनकाबीच प्रभावकारी काम गर्नसक्नु सरकारको सफलता हो । प्रचण्ड नेतृत्वको सरकार जनताप्रति जिम्मेवार छ भन्ने यो उदाहरण पनि हो ।

माथि उल्लेख भएका मुलुकलेझैं प्रतिकार्य गर्न नसके पनि पछिल्लो समय इजरायल घटना र जाजरकोट भूकम्पको घटनामा देखाएको तदारुकताले सरकार प्रशंसाको हकदार बनेको छ । सरकारप्रति जनविश्वास बढाएको छ । अन्तमा प्रम प्रचण्ड र उनको सरकारको सक्रिय भूमिकाले मलाई पनि प्रशंसा गर्न बाध्य बनाएको छ — वाह ! जनताको सरकार । धन्यवाद ! प्रधानमन्त्री प्रचण्ड र तपाइँ नेतृत्वको सरकार ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending