Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

कस्तो बन्दै छ हाम्रो समाज ?

खबरडबली संवाददाता

 

भारतीय अभिनेता अमिर खानको चलचित्र पि.के मा अमिर खानले बोल्ने एउटा संवाद छ । ‘रङ नम्बर’ त्यो फिल्ममा कसैले सूनियोत रूपमा गलत प्रचार गरिरहेको हुन्छ र धेरैले त्यसलाई पत्याइरहेका पनि हुन्छन। भ्रम अर्थात गलत प्रचार गरिरहेको हुन्छ र धेरैले त्यसलाई पत्याइरहेका देखाइएको छ ।

नेपाली समाज अहिले नकारात्मक प्रचार, निराशा कुण्ठा र अत्यचारको ‘रङ नम्बार’ बाट प्रताडित छ । कुनै पनि देश बन्नु वा नबन्नुमा निश्चय नै राजनीति प्रमुख कारण हुन्छ। समाज जस्तो छ राजनीति र नेता उस्तै हुन्छ भन्ने सत्यलाई आत्मसाथ गर्न नसक्दा हाम्रो समाजले मान्छेलाई मान्छेको रूपमा स्वीकार्दैन ।

अपेक्षा हुदाँ वा राम्रो देख्दा भगवान देख्ने र अपेक्षा तत्काल पुरा नहुँदा केहीवेर अघिसम्म भगवान मानेको मान्छेलाई राक्षस बनाइहाल्ने प्रवृत्ति समाजमा छ । समर्थन र विरोध तत्कालको आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गरिने परिपाटीले समाजमा राम्रो र नराम्रोलाई मूल्याङ्कन गरेर हैन आफ्नो स्वार्थ पुरा हुन्छ कि हुन्न भन्ने आधारमा मापन थालिएको छ ।

समाजको धारण निर्माण प्रक्रिया सतही र हल्का बन्दै गइरहेको छ। समाजमा टपरटुइयाँ र भुइफुँटा वर्गले समाजिक संञ्जालमा गरिरहेको वान्तालाई सत्य नारायण पुजाको प्रसाद जस्तो गरी ग्रहण गर्ने खतरा पैदा भईरहेको छ । भरखर भरखर प्रविधी प्रयोगमा अग्रसर हाम्रो समाज माकुरो आफ्नो जालोमा परेझै सामाजि संञ्जालको घेरावन्दीमा परिरहेको छ।

नेपालको सन्दर्भमा सामाजिक सञ्जालको अधिक्तम प्रयोगकर्ता शहरिया न्यूनपुँजीपती वर्ग वा त्यस वर्गमा उन्मुख भएको पङ्ती नै देखिन्छ। स्वभावले यो वर्ग अस्थीर र तत्काल परिणामको अपेक्षा गर्ने खालको हुन्छ वस्तु र घटनाको गहिराइमा पुग्ने, खोज  अनुसन्धान गर्ने र धारणा बनाउने भन्दा प्रतिक्रियात्मक टिप्पणी गर्ने प्रवृत्ति या वर्गमा रहेको हुन्छ ।   

समाजको आधारभूत श्रमजीवि वर्ग र उपल्लो वर्गको सामाजिक सञ्जालमा उपस्थिति त छ तर, त्यो धेरै सानो छ र यो वर्ग उताउलो पूर्ण ढंगले सामाजिक सञ्जालमा उपस्थित भएको पनि अक्सर देखिदैन ।

नेपाली समाजमा वैचारिक धार तय गर्ने काम, राजनितिक दल, शिक्षक, प्रध्यापक, वुद्बिजिवी, लेखक, कलाकार, पत्रकार र प्रोढ उमेरका नागरिकै हातमा थियो यद्यपी अहिले पनि समाजको वैचारिक धरातल निर्माण गर्ने प्रमुख दायित्व समाजको अगुवाहरूकै हो । तर,  वैचारिक संस्कृतिक आधार निर्माणमा अहिले यो समुदायको भूमिका कमजोर हुदै गइरहेको छ ।

युवा पुस्ताको ठूलो हिस्सा सत्य र तथ्यको खोज अनुसन्धान गरेर धारणा बनाउने भन्दा सामाजिक सञ्जालको हल्का टिप्पणीमा रमाउदै जानु भएको अगामी समाजको धरातल कमजोर हुन पनि हो ।

आलोचनात्मक चेत सहित तथ्यमा आधारित भएर तर्क गर्ने परमपरा लगभग मर्न थालिसकेको छ। कि देवता कि राक्षस बनाउने मनोदशा समाजको मुल प्रवृत्ति बन्दै गएको छ । यो प्रवृत्ति यत्ती शक्तिशाली  छ कि सामाजिक सञ्जालले राक्षस वा भगवान बनाएका पात्रका बारेमा सत्य बोलेर गाली खानु भन्दा नबोल्नै वेश भन्ने मनोविज्ञान बनिरहेको छ ।

नेपाली समाजमा जुन गतिमा न्यून पुँजीपति वर्ग र मध्य वर्गको विकास भइरहेको छ। त्यो भन्दा तीव्र गतिमा समाजमा कन्ट्रोभर्सी अर्थात विरोधाभास बढी रहेको छ। देखिएको विरोधाभास सामाजिक संञ्जालमा अभिव्यक्त भइरहेको छ।

आफ्नै टोलमा बाटो बनाउने उपभोक्ता समितिमा बसेर कमिशन खानेले चोकमा बसेर आफु बाहेक सवै भ्रष्ट भएको प्रवचन दिने प्रचलन बढ्दो छ। कुठ्ठा, हिनता र तधुताभासले थिचिएर केही गर्न नसक्ने भएको मान्छे आफुले वाहेक अरूले केही गर्न सक्दैन भनेर सञ्जालमा उफ्रन छाडदैन र सामाजिक सञ्जाल प्रयोगकर्ता तिनैका प्रायोजित प्रचार देखेर आफ्नो धारणा बनाई रहेको छ ।

समाजको ठूलो हिस्स तत्कालै झुटलाई सत्य ठान्ने परिस्थिति निर्माण हुनु  भनेको समाज छिट्टै दुर्घटनमा पर्दैछ भन्ने पनि हो ।

समाजमा यो स्तरको बोक्रे र सतही प्रवृत्ती हावी हुनुमा मुल दोष समाजको नेतृत्व गरीरहेको राजनीतिकै हुन्छ । राजनीतिक नेतृत्वले गुमाएको नैतिक वल, लेखक, कलाकार, पत्रकार वुद्बिजिविले गर्न नसकेको दिश निर्देशन कै कारण आज नेपाली समाज भयानक अध्यारो तर्फ लम्की रहेको छ ।

सत्य तथ्य पत्ता लगाउने, खोज अनुसन्धान गर्ने र सहि वैचारिक र संस्कृतिक धरातल निर्माण गर्ने सवालमा नेपाली समाज गइरहेको छैन । नेपाली समाज सामिक संजालमा पोखिएको कुण्ठा, घृणा, तिरस्कार र चाकडीको प्रयोजित खेलमा फसिरहेको छ। समाजलाई खोज अनुसन्धान र अध्ययनको पेरिफेरीमा फर्काउन सवैले मेहनत नगर्ने हो भने हाम्रो समाज नकारात्मकताको उचाइमा पुगेर गर्ल्यम ढल्ने निश्चित छ ।

युवल नोह हरारीले भनेका थिय कि “ हामी कसैले इन्टरनेटलाई भोट हालेका थिएनौ  तर सन् १९९० पछि इन्टरनेटले कुनै पनि राजनीतिले भन्दा बढी प्रभाव हाम्रो जीवनमा पारेको छ ।”  त्यस्तै हामीले पनि वेलैमा समाजको नयाँ वैचारिकी निर्माण गर्न सचेत पहलकदमी लिन सकेनौ भने कुनै दिन भन्न पर्ने हुन्छ सामाजिक सञ्जालमा रिस, निराशा र कुण्ठा पोख्दा पोख्दै सकारात्मक वस्तु देख्न सक्ने आँखाको क्षमता नै ह्रास भएछ ।

त्यसो त समाजमा सकारात्मकता भएर सामाजिक सञ्जालमा मात्र नकारात्मक देखिएको होइन । निर्वाचनमा पैसामा भोट वेच्ने मतदाता, चुनाव पछि जनताको भाग्य भविश्य बेचेर राजनीति धान्ने नेता, समाजका लागि सिन्को नभाच्ने तर सामाजिक संञ्जालमा उछित्तो काटेर महत्व मान्छे देखिने वुद्बिजीवि र संञ्जाल प्रयोगकर्ता, अहिले नेपाली समाजमा सार्वजनिक खपत भएका विषय हुन । जवसम्म यो नकारात्मक कोर्स परिवर्तन हुदैन तवसम्म समाज सभ्य बन्दैन । रूपान्तरण म वाट पहिला शुरू हुनुपर्छ भन्ने एउटा जवरजस्त एकिकृत अभियानले मात्र हाम्रो समाजलाई सभ्य समाज बनाउन सकिन्छ वेलैमा पहल गरौं । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending