Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

बागलुङकाे निसीखोलामा बाटोको पहुँच पुग्दा घरमै सुत्केरी हुने घटे

खबरडबली संवाददाता

बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो। स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो। अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए ।

सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे । तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । केही वर्ष अगाडिसम्म यहाँका महिलाले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न सकिएको थिएन।

अहिले त्यो अवस्था छैन । यहाँका हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्छ भन्ने छाप बसेको छ । त्यसले गर्दा उनीहरू स्वास्थ्य संस्थामै पुग्ने गर्छन् । कतिपय गर्भवती बच्चा जन्माउने समय आउनासाथ स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा पुग्छन् भने कतिपय सुत्केरी ब्यथा लाग्न थाल्यो भनेमात्रै स्वास्थ्य संस्था जाने सुरसार गर्छन् ।

जसका कारण पछिल्लो समय निसीखोलामा स्वास्थ्य संस्था नपुग्दै बीच बाटोमा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभन्दा टाढा रहेको स्वास्थ्यचौकीमा उनीहरू समयमै पुग्न नसक्दा बाटोमै बच्चा जन्माउने गरेका छन् । यहाँका अधिकांश गाउँबाट स्वास्थ्य संस्था पुग्न आधा घण्टादेखि दुई घण्टासम्म समय लाग्छ ।

निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यजस्तै छ । बर्थिङ सेन्टर र स्वास्थ्यचौकी टाढा हुँदा बाटोमै सुत्केरी भएपछि महिलाले ठूलो सास्ती खेप्नुपरेको छ । बीच बाटोमै सुत्केरी हुँदा आमा र बच्चाको अवस्थाबारे स्वास्थ्यकर्मीले समयमै जानकारी लिन पाउँदैनन् । कतिले बाटोमा सुत्केरी भएपछि त्यहीँबाटै घर फर्काउँछन् भने कतिले स्वास्थ्य संस्थामा पुर्याएर स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै फर्काउँछन् ।

निसीखोलाको भू–भाग कैतै अग्ला डाँडा, कतै होचा खोँच त कतै समथर भू–भाग रहेको हुँदा गाउँदेखि अर्को गाउँसम्म पुग्न घण्टौँ लाग्छ । त्यसले गर्दा अस्पताल पुग्नै गाह्रो हुने गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जुनी घर्तीमगरले विगतको तुलनामा ‘होमडेलीभरी’ हुनेको सङ्ख्या निकै कम भएको बताउँछन्।

करिब दुई वर्षयता कुनै पनि गर्भवती घरमा सुत्केरी भएको तथ्याङ्क नभएको भन्दै केही अस्पताल आउँदै गर्दा बाटोमै सुत्केरी हुने गरेको घर्तीमगर बताउँछन्। पछिल्लो समय महिला शिक्षित र सचेत बन्न थालेपछि स्वास्थ्यका बारेमा बढी चासो दिनुका साथै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उनी बताउँछन्। अघिल्लो वर्ष करिब ३० गर्भवती स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएको संयोजक घर्तीको भनाइ छ । यस वर्ष पनि करिब १५ जना बाटोमै सुत्केरी भएको उनले बताए।

“घरमै सुत्केरी हुने एक प्रतिशतमात्रै होला, गत वर्षदेखि घरमा सुत्केरी भएको पाइएको छैन, तर बर्थिङ सेन्टर र स्वास्थ्यचौकी आउँदा बाटोमै सुत्केरी हुनेको सङ्ख्या भने बढेको छ, बस्ती टाढा–टाढा छन्”, घर्तीले भने, “अहिले धेरै महिला दिदीबहिनी सचेत बन्दै जानुभएको छ, सबैलाई सुत्केरी हुन स्वास्थ्यचौकीमै जानुपर्छ भन्ने सोच छ, धेरैजसो समयमै बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा आएर बच्चा जन्माउने गर्नुभएको छ, कोहीचाहिँ ब्यथा लागेपछि मात्रै घरबाट हिँड्दा बाटोमा बच्चा जन्माउने गरेको पाइन्छ, गर्भ जाँच गर्न आउँदा नै उहाँहरूलाई समयमै आउनुपर्छ भनेका हुन्छौँ ।”

निसीखोलाभर छवटा बर्थिङ सेन्टर छन् भने स्वास्थ्यचौकी चार, सामुदायिक स्वास्थ्य एकाइ दुई र आधारभूत स्वास्थ्य सेवा केन्द्र दुईवटा छन् । स्थानीय ६३ वर्षीया चन्द्रमला बुढामगरले आफूहरूको पालामा कोहीले पनि अस्पतालमा गएर बच्चा नजान्माएको भन्दै अचेल हरेक गर्भवती स्वास्थ्य संस्थामा पुग्ने गरेको बताइन् । आफूहरूको पालामा स्वास्थ्य संस्था धेरै टाढा हुँदा धेरै समस्या भोग्नुपरेको भन्दै अहिले सहज बन्दै गएको उनको भनाइ छ।

बुढामगरले भनिन्, “मैले सात छोराछोरी जन्माएँ, कोही घाँस काट्दा बारीको काल्नामा जन्मिए, कोही गोठालो गएको बेला जङ्गलमा, अहिले त अस्पतालमै जान्छन्, अस्पतालमा गएर सुत्केरी हुँदा बच्चा निरोगी हुँदा रैछन्, हाम्रो पालामा घरमा बच्चा जन्माउन नसकेपछि मात्रै डोकामा बोकेर अस्पताल लैजाने गरिन्थ्यो, नजिकमा अस्पताल थिएनन्, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन लाग्थ्यो, अहिले त आधा घण्टामै पुग्न सकिन्छ ।”

निसीखोलाको निसेलढोर, जाउलेपानी, छापाखानी, चैतेलगायत गाउँबाट स्वास्थ्यचौकी पुग्न घण्टौँ लाग्छ। मोटरबाटोले सबै गाउँ जोडिए पनि निरन्तर यातायातका साधान नचल्दा गर्भवती अस्पताल नपुग्दै बाटोमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending