काठमाडौँ। न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि पाँच विकेटको सानदार जित हात पार्दै सेमिफाइनल लगभग पक्कापक्की जस्तै गराएको छ । न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित ४ मा हारका साथ चौथो स्थानमा छ ।
जितको लागि १ सय ७२ रनको मध्यम विजयी लक्ष्य न्युजिल्यान्डले २३।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डर्याल मिचेलले ३१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।
न्युजिल्यान्डलाई ओपनर डेभन कन्वे र रचिन रविन्द्रले १२।२ ओभरमा ८६ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कन्वे ४२ बलमा ९ चौकासहित ४५ रनमा आउट भए । रचिन ३४ बलमा ३ चौका र ३ छक्कासहित ४२ रनमा आउट भए ।
ग्लेन फिलिप्स १७, केन विलियम्सन १४, मार्क च्यापम्यान ७ र टम लाथमले २ रन बनाए । एन्जिलो म्याथ्युजले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । महेश थिक्सेना र दुश्मान्था चामिराले एक एक विकेट लिए ।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४६।४ ओभरमा १ सय ७१ रनमा अल आउट भएको थियो । श्रीलंकाका ओपनर कुशल परेराले २८ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए । महेश थिक्सेना ९१ बलमा ३ चौकासहित ३८ रनमा नट आउट रहे । दिलशान मदुशानका र धनन्जय डि सिल्भाले १९–१९ रन बनाए ।
एन्जिलो म्याथ्युज १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका ट्रेन्ट बोल्टल १० ओभरमा ३ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसन, मिचेल सान्टनार र रचिन रविन्द्रले समान दुई विकेट लिए ।
अव १० अंकमा अफगानिस्तान र पाकिस्तान मात्रै पुग्न सक्छन् । तर नेटरनरेटको कारण पाकिस्तान र अफगानिस्तान दुबै बाहिरिने उच्च सम्भावना छ । अफगानिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ ।
अफगानिस्तानले अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।
पाकिस्तानको नेटरनरेट प्लस ०।०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ०।७४३ छ । नेटरनरेटकै कारण न्युजिल्यान्डले सेमिफाइनल खेल्ने लगभग पक्कापक्की जस्तै देखिन्छ । पाकिस्तान सेमिफाइनलमा पुग्न २ सय ७७ भन्दा बढी अन्तरको जित हात पार्नुपर्ने हुन्छ । पाकिस्तानले अन्तिम खेलमा २ सय ७७ भन्दा कम अन्तरले हराएमा नेटरनरेटमा न्युजिल्यान्डलाई पछि पार्न सक्नेछैन ।
भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाले सेमिफाइनल खेल्ने भएको छ ।
भारतले चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ । न्युजिल्यान्ड र भारतले सेमिफाइनल खेल्ने सम्भावना छ । पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रो सेमिफाइनल १६ नोभेम्बरमा हुनेछ । फाइनल भने १९ नोभेम्बरमा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: