भक्तपुर । भक्तपुर जिल्ला अदालत नयाँ भवनमा सरेसँगै बार र अदालतको बिचमा विवाद चुलिँदो अवस्थामा पुगेको छ । भक्तपुर जिल्ला अदालत नयाँ भवन कमलविनायकमा सरेसँगै बार र अदालतको बिचमा दुरी बढेको हो ।
भक्तपुर जिल्ला अदालत निर्माण थालनी देखि बारको लागि जग्गा वा उचित कोठाको माग राखिँदै आएको थियो । अदालतले बारलाई उचित हुने स्थानमा बार कक्ष राख्न दिने प्रतिबद्धता गर्दै आएकोमा हाल आएर अदालतले बारलाई बेवास्ता गर्दा बार र अदालतको दुरी बढ्दो भएको हो ।
जिल्ला अदालत नयाँ भवनमा सरेसँगै बारको लागि अदालतको दक्षिण पूर्व तर्फको कक्ष उपलब्ध गराउने प्रतिबद्धता भए पनि कार्यालय सरी सकेपछि भने अदालतले बारलाई बेवास्ता गर्दै आएको अधिवक्ताहरू बताउँछन् ।
भक्तपुर जिल्लामा नै कार्यरत अधिवक्ताहरू भन्दा पनि ७७ जिल्लाबाट आउने अधिवक्ताहरूको लागि अदालतले बारको लागि स्थान नदिँदा २० हजार भन्दा बढी अधिवक्ताहरूलाई मर्का पर्ने भएको हो ।
भक्तपुर बारका कार्यसमिति वरिष्ठ अधिवक्ताहरू अधिवक्ता, माननीय न्यायाधीसहरु र अदालतका कर्मचारी बिच अदालतमा भएको छलफल सकारात्मक रूपमा अदालत प्रशासनले नलिए पछि अदालत र बार बिच झन् दुरी बढ्दो देखिएको छ ।
अदालतसँग जति पटक छलफलमा बारका सदस्यहरू तथा अधिवक्ताहरू गयो उति पटक नयाँ नयाँ कुरा फेर्दै पूर्व सहमति टार्दे अलमलाउने प्रवित्ती बढेको एक वरिष्ठ अधिवक्ताले बताए ।
अदालतले बारलाई नयाँ बन्दै गरेको भवन नजिकै जग्गा उपलब्ध गराउनु पर्नेमा दिएन र हामी बारलाई अदालत भित्र नै कक्ष उपलब्ध गराउँछौं भन्दै टार्दै आयो हाल थुनुवा कक्षसँग अँध्यारो तथा अध्ययन समेत गर्न नसकिने कक्ष दिएको प्रति सम्पूर्ण अधिवक्तहरुको असन्तुष्टि रहेको छ ।
अदालतमा पूर्व न्यायाधीश सम्मानियहरु निरीक्षण गर्दा बारलाई उपयुक्त कोठा दिने सहमति भए पनि हाल अदालतको रवैयाका कारण बार र अदालत बिच दुरी बढ्दो रहेको छ ।
भक्तपुर बारले विगत देखि नै अदालतलाई प्रत्येक कार्यमा सकारात्मक रूपमा सहयोग गर्दै आएको भए पनि अदालतले भने बारलाई सौतेनी व्यवहार गर्दै आएको अर्का अधिवक्ताले बताए ।
उहाँ भन्नुहुन्छ हिजो अदालतमा मेलमिलाप कक्ष समेत थिएन बारको भवन तथा बारको सभा हलमा मेलमिलाप कक्ष सञ्चालन गर्न दिएको बारलाई हाल भने अदालतले आफ्नो भवनमा सर्दा एक उपयुक्त कार्यकक्ष समेत दिएन यो लाजमर्दो कुरा हो ।
१ अर्ब ३७ करोडमा निर्माण भएको अदालत भवनमा आधा भन्दा बढी भवन नै खाली हुँदा पनि अदालतले बारको लागि भने उपयुक्त कक्ष उपलब्ध नगराउनु अदालत प्रशासनको नियतमा नै खोट देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...
जेष्ठ २७ गते, २०८३ - २१:५५
विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...
जेष्ठ २७ गते, २०८३ - २१:४५
काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...
जेष्ठ २७ गते, २०८३ - २१:४३
काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...



प्रतिकृया लेख्नुहोस्: