बाँके । लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो ।
तीन स्थानमै पसलमा आगलागी भएको प्रहरीले बताएको छ । बाँकेको खजुरामा रहेको एक पसलमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट सल्केर आगलागी भएको र नेपालगन्ज र राप्तीसोनारीका पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
खजुरा ५ धनौली नजिकै विष्णु वर्माले सञ्चालन गर्दै आएको बर्मा हार्डवेयरमा लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा ६ लाख बराबरको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताए ।
नेपालगन्जको घरबारीटोलमा रहेको सौगात इलेक्ट्रो हवमा गएराति आगलागी भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बिसीले जानकारी दिए । ध्रुव दाहालले सञ्चालन गर्दै आएको उक्त पसलमा बिजुलीकाे तार सर्ट भएर आगलागी भएको हुनसक्ने उहाँले बताए । राति नै प्रहरी र दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइए पनि पसल जलेर सामानहरु नष्ट भएको प्रहरी निरीक्षक बिसीले बताए ।
त्यसैगरी राप्तीसोनारी ४ बैजापुरचोकमा रहेको कमल चौधरीले सञ्चालन गर्दै आउनुभएको एक इलेक्ट्रोनिक पसलमा पनि आगलागी भएको राप्तीसोनारी–४ का वडा अध्यक्ष मीनराज खड्काले जानकारी दिए । बन्द रहेको पसलमा आगलागी भएको हुँदा विद्युत् सर्ट भएर नै आगलागी भएको हुनसक्ने अध्यक्ष खड्काले बताए । प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको र पसल जलेर पूर्णरुपमा नष्ट भएको उनले जानकारी दिए ।
जिल्लाका विभिन्न तीन स्थानमा विभिन्न कारणले आगलागी भएको र आगलागीबाट कुनै मानवीय र पशु चौपायाको भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: