Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पूजा गर्न बालीएकाे दियाेले गर्याे तीनकराेड बढीकाे क्षती

एकजनाकाे मृत्यु, चार प्रहरीसिहत २७ जना घाईते

खबरडबली संवाददाता

काठमाडौं । तिहारमा लक्ष्मी पूजाकाे दिन पूजा गरन बालेकाे दियाेले देशभर कराेडाैंकाे क्षती भएकाे छ ।
काठमाडौं, ललितपुर, सप्तरी, रौतहट, बाँके, नवलपरासी पश्चिम, बारा, सिरहा, मोरङ, खोटाङ, डोटी, भोजपुर, धनुषा, धादिङ, महोत्तरी, कञ्चनपुर,सुनसरी, संखुवासभा, ओखलढुंगा, सर्लाही, झापा र प्युठानका विभिन्न स्थानमा दियाेबाट सल्का्का् आगाेले कराेडैंकाे क्षती भएकाे हाे ।

काठमाडौं महानगरपालिका-३१ बस्ने शिव कुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आइतबार राति आगलागी हुँदा किचेनमा रहेका विभिन्न सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनोरम पार्क नजिक बस्ने ८३ वर्षीय साबित्री देबी दाहालको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरको दोश्रो तलाको पूजा कोठामा लक्ष्मीपूजा गर्ने क्रममा दियोबाट कपडामा आगो सल्किदा उनको जलेर घटनास्थलमै मृत्यु भएको हो । 

यसैगरी ललितपुरकाे  ललितपुर महानगरपालिका-२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा नगद तथा विभिन्न फर्निचर समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी ललितपुरकै ललितपुर महानगरपालिका-१५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका-५ लुभु चागाथली घर भएका थितेश बीरजंग रानाको न्यू मनकामना हार्डवेयर पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा विभिन्न किसिमको हार्डवेयरका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरीकाे राजविराज नगरपालिका-७ स्थित संगम कानूनी सेवा केन्द्रभित्र लक्ष्मी पूजाको उपलक्ष्यमा बालेको मैनबत्तीबाट  आगो सल्किएर आइतबार साँझ आगलागी हुँदा ल्याप्टप, कम्प्यूटर, फर्निचर लगायतका सामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सप्तरीकै तिलाठी कोईलाडी गाउँपालिका-४ बिसहरिया चोकस्थित राजबिराज नगरपालिका-१३ बस्ने मनोज यादवको औषधि पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब २ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

रौतहटकाे गरूडा नगरपालिका-१ जयनगर बस्ने रामअयोध्या राय यादवको घरमा टेन्टको सामान राखेको कोठामा दियोबाट आगो सल्किएर आइतबार बेलुकी आगलागी हुँदा टेन्टको सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी रौतहटकै फतुवाबिजयपुर नगरपालिका-२ शितलपुर टोल बस्ने अनुरूद प्रसाद यादवको घरमा मैनबत्तीबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँकेकाे राप्तिसोनारी गाउँपालिका-४ बैजापुर बस्ने दयानन्द थारूको ईलेक्ट्रोनिक पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा पसलका सामानहरू जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका-५ खजुरास्थित बिष्णु बर्माको बर्मा ट्रेडर्समा आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । 

यसैगरी बाँकेकाे कोहलपुर नगरपालिका-९ भवानीपुर बस्ने २५ वर्षीय प्रबिन अर्यालको मनकामना ट्रेडर्स एण्ड सप्लायर्समा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा नगद ५० हजार रूपैयाँ, आठ वटा मोटर, ३ वटा समरसियल मोटर, करिब ३० वटा रङको बाल्टीन, पाईपहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका-२ घरबारी टोलस्थित सोही उपमहानगरपालिका-४ बस्ने धुब्र दहालको सौगात ईलेक्ट्रोनिक्स हवमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । 

यसैगरी बाँके, जानकी गाउँपालिका-३ मोतिपुर बस्ने ४५ वर्षीय राम किशोर धोबीको घरमा दिपावलीमा बालेको झिलिमिली बत्तीको तार सर्ट भई आइतबार राति आगलागी हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नवलपरासी पश्चिमकाे रामग्राम नगरपालिका-५ थाना चोकस्थित एएन टिभि(युट्युब च्यानल) को अफिस कोठामा बालेको मैनबत्तीबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा अफिस कोठामा रहेको पर्दा, झ्याल, ढोका, तारहरू, ल्यापटप लगायतका सामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी नवलपरासी पश्चिमकै रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ४० वर्षीय गुड्डु लोनियाको घरमा आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-२४ स्थित प्रसौनी गाउँपालिका-७ बस्ने पवन कुमार यादवको जीवन ज्योति मेडिकलमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी बाराकै निजगढ नगरपालिका-९ सामुदिक प्रसुती गृह अस्पतालको ल्याबमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा विभिन्न मेसिनहरू समेत गरी करिब २८ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यसैगरी बाराकाे पच्चरौता नगरपालिका-७ बेनौली बस्ने लक्ष्मी प्रसाद यादवको गोठमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिरहाकाे लहान नगरपालिका-१ शहिद चोकस्थित जयकाली टोल बस्ने प्रभास गुप्ताको गणपति ट्रेडर्समा लक्ष्मी पूजामा बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा मोबिल, भिवेल्ड र १२ भोल्टको ४ थान ब्याट्री समेत गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी सिरहाकै सखुवानन्कारकट्टि गाउँपालिका-३ खरियानी बस्ने सत्य नारायण यादवको गोठमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सिरहाकाे सुखिपुर नगरपालिका-४ सिलौर्वा टोल बस्ने मागेन साह तेलीको घरमा रहेको किराना पसलमा लक्ष्मीपुजाको लागि बालेको मैनबत्तीबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सिरहाकाे कल्याणपुर नगरपालिका-११ कल्याणपुर बस्ने मुकेश साहको घरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा लत्ताकपडा, अन्नपात र घर आंशिक रूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङकाे बिराटनगर महानगरपालिका-७ शनि मन्दिर बस्ने अनुज लाखेको घरमा राजेश श्रेष्ठले सञ्चालन गरेको जगत लक्ष्मी सप्लायर्समा आइतबार राति आगलगी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी मोरङकै उर्लाबारी नगरपालिका-७ बरगाछिस्थित दिपक कार्कीको घरमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । साथै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले आगो निभाउने क्रममा घरभित्र पार्किङ गरी राखेको बा ०१-०२५ च ६८४६ नम्बरको कारमा समेतमा आगलागी भई विष्फोट हुँदा ४ जना प्रहरी कर्मचारीहरू घाइते भएका छन् ।

उनीहरूको आर्या न्यूरो अस्पताल र बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । साथै आगो निभाउने क्रममा घाइते भएका अन्य २३ जना स्थानीयबासीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मोरङकाे उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने लक्ष्मी थापाको घरमा आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख ६३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका-८ धितुङ बस्ने भिम बहादुर कटवालको घरमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

डोटीकाे दीपायल सिलगढी नगरपालिका-७ उडितोला बस्ने ५० वर्षीय छत्र बहादुर खड्काको घरको पूजा कोठामा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा कोठाभित्र रहेका सामान, नगद तथा सुनका गरगहना जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । 

भोजपुरकाे भोजपुर नगरपालिका-८ पोखरेल लाईन बरबोट बस्ने ज्ञानराज विष्टको घरमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २६ लाख ५८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनुषाकाे धनुषाधाम नगरपालिका-९ धारापानी चोक बस्ने विजय दासको बिजय मोटरसाइकल वर्कसपमा मैनबत्तीबाट आगो सल्किएर आइतबार साँझ आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धादिङकाे निलकण्ठ नगरपालिका-३ सुगमटोल बस्ने कुमार सुनारको घरमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा लत्ताकपडा, फर्निचरहरू समेत जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

महोत्तरीकाे जलेश्वर नगरपालिका-५ चौरिया टोलस्थित रूपेश कोल्ड स्टोरको कटघेरा पसलमा करेन्ट भई आइतबार राति आगलागी हुँदा पसलमा रहेको विभिन्न मदिरा, फ्रिज लगायतका सामान जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी महोत्तरीकै एकडारा गाउँपालिका-२ बस्ने ७५ वर्षीय माहाविर यादवको गोठमा बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१८ पुष्पलाल चोक बस्ने राजिव गुप्ताको घरमा रहेको कपडा पसलमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कञ्चनपुरकै कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने डम्बर बहादुर रावलको घरमा बालेको दियाबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरीकाे इनरूवा नगरपालिका-१ हस्पिटल चोकस्थित बृद्रिचन्न जयनको किराना पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । 

संखुवासभाकाे खाँदवारी नगरपालिका-१ हिमाबि टोल बस्ने ५५ वर्षीय सुकमाया राईको घरमा पुजा कोठामा बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घर, घरभित्र रहेको नगद, भाँडावर्तन, अन्नपात, लताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । 

ओखलढुंगाकाे चिशंखुगाढी गाउँपालिका-२ गैरीगाउँ बस्ने ६० वर्षीय टेक बहादुर खत्रीको घरमा बालेको दियोबाट आगो सल्किएर आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाहीकाे बलरा नगरपालिका-१० सुदामा बस्ने अर्जुन चौधरीको कस्मेटिक पसलमा दिपावलीको उपलक्ष्यमा बालेको मैनबतीबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा पसलभित्र रहेको कस्मेटिक सामान, चुरा, साडी आंशिक रूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सर्लाहीकै बलरा नगरपालिका-२ हनुमान चोकस्थित सोही ठाउँ बस्ने अरुण साहको मोटरसाइकल वर्कसपमा दिपावलीको उपलक्ष्यमा बालेको मैनबत्तीबाट आगो सल्किएर सोमबार बिहान आगलागी हुँदा मोटरसाइकल बनाउने विभिन्न किसिमको पाटपुर्जाहरु पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सर्लाहीकाे धनकौल गाउँपालिका-७ बस्ने बुझैवन राय यादवको गोठ घरमा दिपावलीको उपलक्ष्यमा बालेको मैनवत्तीबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा गोठघर पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

झापाकाे झापा गाउँपालिका-६ हनुमान चोक बस्ने राजन मण्डलको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडावर्तन लगायत विभिन्न सर-सामानहरू र घर पूर्णरूपमा जलेर करिब ५ लाख ३१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्युठानकाे झिम्रुक गाउँपालिका-५ खहरे बस्ने २८ वर्षीया हिरा खडका केसीको गोठमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ८ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending