Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भोटे कुकुरको प्रजननका लागि गाडी रिजर्भ गरेर सिक्किमदेखी चौंरीगोठसम्म

खबरडबली संवाददाता

पाँचथर । भारत सिक्किमको गेजिङ निवासी मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङवरक गाउँपालिका –२ पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुगेका छन् ।

मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठमा आइपुगेका छन् । उनीहरु दुबैजना भोटे कुकुरलाई प्रजनन गराउन सिक्किमदेखि पाँचथरको उच्च पहाडी भेगका चौंरीगोठसम्म आइपुगेका हुन् ।

उनीहरुले कुकुर लिएर यहाँसम्म आँउदा जनही ४ हजारका दरले भारु पैसा तिरेर गाडी रिजर्ब गरेको सुनाए । गेजिङबाट उत्तरेसम्म यत्ति खर्च गरेर आएका उनीहरुलाई उत्तरेदेखि याङवरकका चौंरीगोठ आउन एक दिन लाग्यो ।  ‘असली भोटे कुकुरका छाउरा जन्माउन यत्तिको मेहनेत गरेका हौं’ मिलनले भने । छाउरी कुकुर गर्भवती भएको निर्क्याेल भएपछि फर्कने उनको योजना छ ।

लेकाली रैथाने भोटे कुकुरसँग यौनसम्पर्क गराएर निख्खर छाउरा छाउरी उत्पादन गर्ने चुनौती बढेकाले वर्षेनी नेपालतर्फका गोठमा माउ कुकुर लिएर आउनेगरेको गुरुङले सुनाए । 

भारतको पर्चिम बङ्गाल र सिक्किमसँग सिमाना जोडिएका पाँचथरको याङवरक र फालेलुङ गाउँपालिकाका –५ वटा गोठमा भोटे कुकुरका डाँगो पालिएका छन् । प्रायः गोठ यतिबेला एउटा डाँगो बराबर पाँचवटा माउ कुकुर मिसाउन ल्याइएको छ ।

भोटे कुकुर लेकमा मात्रै सजाउछ, भोटे कुकुर रैथानेसँग मिसिए सन्तान किट्टिने वा मासिने भएकाले प्रायः घर गोठमा बाँधेर राखिन्छ । हाडनाता भित्र प्रजनन गराए सन्तान किट्टिने सम्भावना धेरै भएकाले टाढा लगेर मिसाउने गरिएको उनीरुको भनाइ छ । 

वेष्टबंगाल र सिक्किमसँगै इलाम र पाँचथरका ग्रामीण भेगका भोटे कुकुर पारखी यतिबेला आ आफ्ना माउ कुकुर लिएर लेककै गोठ आइपुग्छन् । ती सबै कुकुरलाई एक अर्कामा समागम गराएर गर्भवती भएको निर्क्याेल गर्न झण्डै एक महिना लाग्ने किपालमुको भनाइ छ ।   

‘टिबेटियन मेस्टेट’ भनिने भोटे कुकुर उच्च पहाडी र हिमाली क्षेत्रको महत्वपूर्ण र दुर्लभ प्रजाति हो । यो जात बिशेषगरी शेर्पा र भोटेसँगै लेकाली क्षेत्रका पशुपालक किसानले घर र गोठको सुरक्षार्थ पाल्छन् । उच्च पहाडी र हिमाली क्षेत्रमा चौंरी गोठको संख्या घट्न थालेसँगै यो प्रजातिका कुकुर पनि मासिन लागेकाले बीऊ जोगाउने चुनौती स्थानीयलाई छ ।

आफुले पालेको डाँगोसँग समागम गराएवापत छाउरी ल्याउनलेहरुसँग धनीले बाली लिन्छन् । गोठमा रहँदा खाँदा बस्दा लागेको खर्च माउ लिएर आउनेले नै व्यहोर्छन् । भोटे कुकुरले दीध खिर, घीउ, कुराउनी र मासु रुचाउँछन् । कुकुर ब्याएपछि डाँगोको बालीबापत एउटा छाउरो बुझाउनुपर्छ ।

एउटा माउ कुकुरले एक पटकमा चारदेखि ६ वटासम्म बच्चा जन्माउँछ । यो प्रजातीको कुकुरका छाउरा २० हजार र छाउरी १० हजार रुपियाँमा बिक्री हुन्छ । भारत र सिक्किमतिर एउटै छाउराको दाम नेरु ४० हजार रुपियाँसम्म पर्नेगरेको उनीहरुको भनाइ छ ।

चौंरीगोठ घटेसँगै यो प्रजातीका कुकुरको संख्या पनि घटदो क्रममा रहेकाले सन्तान जोगाउने चुनौती बढेको स्थानीय सुनाँउछन् । माउ कुकुर गर्भवती भएका थाहा पाउने वित्तिकै भोटे कुकुरका छाउरा छाउरीको बुकिङ सुरु हुन्छ । 

पाचथर इलाम, ताप्लेजुङ र तेहथुम हुदै छिमेकी मुलुक भारतको सिक्किम र पश्चिम बङ्गालसम्म छाउरा छाउरी किन्न सौखिनहरु गोठसम्म आइपुग्छन् । अहिले पाँचथर र इलाम क्षेत्रका २० वटा गोठ र केही घरमा मात्र भोटे कुकुर पालिएको छ । पालिएकामध्ये पनि छाउरीको सङ्ख्या धेरै छ । डाँगो भने ५ वटा मात्रै रहेको व्यवसायी बताउँछन् । याे खबर गाेरखापत्र अनलाइनमा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending