खोटाङ । खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले हिजो राति विवादका क्रममा कोदो कुट्ने मुंग्रोले टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन राई घाइते भएका हुन् ।
मुंग्राले टाउकोमा लाग्दा घाइते भएका भुवनलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिए। घाइतेलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि राजविराज लगिएको हो । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । भुवनलाई मुंग्रोले हान्ने विजयलाई प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ ।
यस्तै खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका ३६ वर्षीय दिलाराम राईले बियरको बोतलले टाउकोमा हान्दा त्यसै ठाउँका ४७ वर्षीय थामबहादुर राई घाइते भएका भएका छन् । बियरको बोतलले लागेर घाइते भएका थामबहादुरलाई खोटाङबजारमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल उदयपुर लगिएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बरालले जानकारी दिए ।
बोतल प्रहार गर्ने दिलारामलाई प्रहरी चौकी वाप्लुखाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कारबाहीका लागि नियन्त्रणमा लिएको छ । घाइते अवस्था सामान्य भएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: