काठमाडौँ । सोलुखुम्बुका कामे मगर बचाउ अभियान सुरु गरिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सोलु बालकल्याण अनाथालय संस्था सञ्चालन गर्दै आएका मगरको दुवै मृगौला फेल भएपछि उनलाई बचाउन अभियान सुरु गरिने भएको हो ।
परिवारको आर्थिक अवस्थ कमजोर भएकोले कामे मगरको उपचारमा समस्या भएको परिवार स्रोतले बताएको छ । २०६८ सालदेखि अनाथ, बेसहारा, गरिब, अपाङ्गता भएका बालबालिकाहरुको बुबा बनेर सहारा दिई रहेका उनको उपचारका आर्थिक सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंकमा रहेको उनको खाता नम्बर ११००१०००२१२१८०१० मा रकम जम्मा गर्न सकिने परिवाले जनाएको छ ।
करिब १२ बर्ष अघिदेखि अनाथालय सञ्चालन गरेर २० जना भन्दा बढी अनाथ बालबालिकाहरुलाई सेवा दिँदै आइरहेका ४५ बर्षिय मगर बिगत १ वर्ष अगाडीदेखि विरामी परेका थिए । उपचारका लागि अस्पताल धाए पनि रोग पत्ता नलाग्दा उनी झन चिन्तित हुँदै आएका थिए ।
केही समय अगाडी उपचारको लागि भारतमा गएर उपचार गर्दा एक महिना अगाडी मात्र डाक्टरले उनको दुवै मृगौला फेल भएको बताएपछि मगर छाँगाबाट खसेको जस्तो भएर नेपाल फर्किएका थिए । अहिले उनले मृगौलाको डाइलासिस गराइरहेका छन् ।
सोलिखुम्बुको बिकट गाउँमा जन्मेका उनले पर्यटनको क्षेत्रमा लामो समय समय काम गरेका छन् । पछिल्लो समय उनी समाजसेवाको क्षेत्रमा कार्य गर्ने चाहना राखेर बाल आश्रम खोलेर अनाथहरुको अभिभावक बन्दै आएका थिए । सोलुखुम्बामा जन्मेका उनी हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८० - २०:३०
काठमाडाैं । सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन,...
मंसिर २३ गते, २०८० - १९:५७
हामीलाई आतङ्ककारी र तेरो बाउको बिर्ता हो भनेर धम्क्याउनेलाई प्रदेशमा निशेध नै हुन्छ
मंसिर २३ गते, २०८० - ११:१५
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय भएका छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा पीएम मोदीलाई दिइएक...
मंसिर २३ गते, २०८० - ११:०३
काठमाडाैं । राजस्थानको बांसवाडा सहरमा एउटा हृदयविदारक घटना बाहिर आएको छ । त्यहाँका एक युवकले मुखमा सुतली बम राखेर आगो लगाएर आत्महत्या गरेका छन् । उक्...
मंसिर २३ गते, २०८० - १०:४९
विराटनगर । विराटनगर १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५ ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ल...
मंसिर २३ गते, २०८० - ०९:३७
काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भए...
मंसिर २३ गते, २०८० - ०९:३५
एक्लै खानसक्नेलाई १ लाख इनाम
मंसिर २३ गते, २०८० - ०९:३१
बढने नै भयो प्याजको मूल्य
मंसिर २३ गते, २०८० - ०९:२९
काठमाडाैं । चीनले यसअघि नै एक जासुसी जहाज श्रीलंकाको होम्बनटोटा बन्दरगाहमा स्ट्यान्डबाइ राखेको छ । फेरि अर्को चिनियाँ अनुसन्धान जहाजलाई श्रीलंकाको जलक...
मंसिर २३ गते, २०८० - ०९:२८
काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ उनले हालैको एउटा घटनाको भिडियोमा आँसु पुछ्दै देशको घट्दो जन्मदरसँग जुध्न प्रयास गर्न आह्वान गरेको देखियो। सो ...
प्रतिकृया लेख्नुहोस्: