Ntc summer Offer
Khabar Dabali २३ मंसिर २०८० शनिबार | 9th December, 2023 Sat

दिक्तेल रुपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार

खबरडबली संवाददाता

खोटाङ । खाेटाङकाे  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ (पाठेघर) खस्ने को समस्या भएका महिलालाई अप्रेशन (शल्यक्रिया)का लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पुर्याएको छ । नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो । 

नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए । “पाठेघर खसेर तेस्रो र चौथो चरण पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको छ । केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा सात जनाले अस्पताल जान अस्वीकार गरेका छन्”, उनले भने, “शल्यक्रियालगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार बिरामी र उनीहरुका एक÷एक जना कुरुवालाई बनेपा पुर्याइएको छ । बाँकी रहनुभएकालाई पनि केही दिनभित्रै बनेपा ल्याएर उपचार गराइनेछ ।”

पाठेघर खसेका कारण समस्यामा परेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिनायता प्रत्येक वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली पनि बनेपा गएका छन् । 

दोस्रो चरणमा यही मङ्सिर–५ गते बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको उपप्रमुख रार्ईले जानकारी दिनुभएको छ । हालसम्मको स्क्रीनिङका क्रममा पहिचान गरिएको ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका छन् । 

पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै ‘रिङ प्रेसरी’ राखिएको छ । शिर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको हो । 

पाठेघर खस्ने समस्यालाई महिलाले लाज र सरम मानेर लुकाउने गरेको पाइएको छ । समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । 

गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखिएको सामाजिक अभियन्ताले बताएका छन् । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले पाठेघर खसेका महिलालाई सुविधायुक्त अस्पताल लगेर निःशुल्क उपचार गराउन थालेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी यौन आसन महिलालाई असाध्यै मनपर्छ !

काठमाडाैं  । सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन,...

घुर्मि र हर्कपुरमा एमालेको चिहान खन्दैछौं : गोपाल किराँती

हामीलाई आतङ्ककारी र तेरो बाउको बिर्ता हो भनेर धम्क्याउनेलाई प्रदेशमा निशेध नै हुन्छ

भारतीय प्रधानमन्त्री मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर एक

काठमाडाैं । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय भएका छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा पीएम मोदीलाई दिइएक...

डिर्भोसले तनाबमा परेका युवकले मुखमा सुतली बम पडकाएर गरे आत्महत्या

काठमाडाैं । राजस्थानको बांसवाडा सहरमा एउटा हृदयविदारक घटना बाहिर आएको छ ।  त्यहाँका एक युवकले मुखमा सुतली बम राखेर आगो लगाएर आत्महत्या गरेका छन् । उक्...

विराटनगरको पाञ्चालिमा एक महिला मृत फेला

विराटनगर । विराटनगर १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५ ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ल...

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यकः मन्त्री बस्नेत

काभ्रेपलाञ्चोक ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भए...

जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा

एक्लै खानसक्नेलाई १ लाख इनाम

भारतले प्याँज निर्यात प्रतिबन्धले नेपाललाई ठाडो असर

बढने नै भयो प्याजको मूल्य

अर्को जासुसी जहाजलाई पनि श्रीलंकामा राख्‍ने चीनको तयारी

काठमाडाैं । चीनले यसअघि नै एक जासुसी जहाज श्रीलंकाको होम्बनटोटा बन्दरगाहमा स्ट्यान्डबाइ राखेको छ । फेरि अर्को चिनियाँ अनुसन्धान जहाजलाई श्रीलंकाको जलक...

किन रोए उत्तर कोरियाली तानाशाह किम जोङ ?

काठमाडाैं  । उत्तर कोरियाली नेता किम जोङ उनले हालैको एउटा घटनाको भिडियोमा आँसु पुछ्दै देशको घट्दो जन्मदरसँग जुध्न प्रयास गर्न आह्वान गरेको देखियो। सो ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies