Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

साढे तीन वर्षमा पनि बनेन अस्पताल भवन

खबरडबली संवाददाता

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको निर्माणकार्य अलपत्र परेको छ ।  गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको अस्पताल भवन समयमा निर्माण नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन । 

खाँडादेवी गाउँपालिका–५ पकरवासको गोगनपानीमा निर्माण सुरु गरिएको सो अस्पताल निर्माणको लागि आत्रिया शिव बस्नेत जेभिले जिम्मा लिएको थियो । ३ करोड ७२ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको सो कम्पनिले समयमा काम नगरिदिँदा निर्माण अलपत्र परेको छ । 

भवन निर्माण नहुँदा अस्पतालको लागि ल्याएको स्वास्थ्य उपकरण त्यतिकै थन्किएर बसेका छन् । समयमा नै अस्पताल नबन्दा स्थानीय स्वास्थ्य उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँ लगायतका अस्पताल धाउन बाध्य छन् । 

अस्पताल निर्माणको जिम्मा लिने कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडा अध्यक्ष मनोज पौडेल बताउँछन् । ‘समयमा नै काम भइदिएको भए अहिले अस्पताल सञ्चालन भइसकेको हुनेथियो, निर्माणको काम अलपत्र हुँदा स्थानीयले समान्य स्वास्थ्य सेवा लिन पनि दुःख पाए’, वडाध्यक्ष पौडेलले भने । 

अस्पतालको एक तला ढलान गरेर त्यतिकै छाडिएको छ । लामो समयदेखि रोकिएको निर्माण कार्य अघि बढ्न सकेको छैनन । त्यो ढलाको काम पनि निर्माण कम्पनीले गाउँपालिकाको पटक पटकको ताकेता पछि गएको आर्थिक वर्षको जेठ महिनामा गरेको थियो । त्यस पछि पुनः काम सुरु भएको छैन । 

निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल बन्न नसकेको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ बताउँछन् । निर्माण कम्पनी सम्पर्कमा नआउँदा गत गएको आर्थिक वर्षमा गाउँपालिकाले छुट्याएको १ करोड ३० लाख रुपैँयाँ बजेटबाट काम नै हुन नसकेको उनले बताए । 

चालु आर्थिक वर्षमा पनि सङ्घीय सरकारबाट प्राप्त ४८ लाख रुपैयाँ बजेट भवन निर्माणको लागि स्वीकृत भएको छ । तर निर्माण कम्पनी सम्पर्कमा नै आएको छैन । यस वर्ष पनि निर्माणका काम अघि नबढाएमा निर्माण कम्पनी माथि कारबाही प्रक्रिया अघि बढाउने तयारीमा गाउँपालिका लागेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending