Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

खोटाङमा बेपत्ता वृद्धको शव सडेको अवस्थामा भेटीयो

खबरडबली संवाददाता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले आम्बोटेका ९३ वर्षीय वृद्ध बिष्णुबहादुर राई मृत फेला परेका छन् । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित नातिनी ज्वाइँको घरमा एक रात पाहुना बसेर सल्ले जानेक्रममा गत कात्तिक १३ गतेदेखि बेपत्ता बनेका बृद्ध आइतबार सल्लेकै चिचिङ्गा जंगलमा मृत फेला परेका हुन् । 

वृद्धको शव सडेर चिन्न नसकिने अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । अनुहारबाट चिन्न नसकिने अवस्थामा भेटिएको शवलाई आफन्तले पहिचान गरेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरिक्षक दिनेश अधिकारीको कमाण्डमा प्रहरीको टोली खटाइएको डिएसपी खड्काले जानकारी दिए ।

हाल उदयपुरको त्रियुगा नगरपालिका–१३ गाईघाट असारी बस्दैआएका बृद्ध गत कात्तिक १२ गते नातिनी ज्वाइँको घरमा पाहुना बसेर भोलीपल्ट सल्ले जानेक्रममा बेपत्ता बनेका थिए । 

सल्ले जानेक्रममा गैरीगुठ हुँदै बिहान ११ बजे अँधेरी खोलासम्म पुगेको जानकारी आएको तर त्यसपछि वृद्ध बेपत्ता बनेका थिए । बृद्ध राई महिनामा दुई तीन पटक गाईघाटबाट सल्ले आउने जाने गर्दैआएका थिए । 

यसअघि नातिनी ज्वाइँले हलेसीबाट बाईक वा अटोमा सल्ले पुर्याइदिने गरेकामा यसपल्ट भने वृद्ध ‘आफै जान्छु’ भन्दै हिँडेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending