Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

लेनदेनमा सुचना लुकाएर प्रतिस्पर्धा, भवन कार्यालयको ठेक्कामा चलखेल

सरकारी अधिकारीकै संलग्नतामा दलाली र अनियमितता प्रयास

खबरडबली संवाददाता

ओखलढुंगा । शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले कात्तिक १२ गते स्थानीय एक पत्रिकामा १५ दिने सुचना प्रकाशित गरेर ठेक्का आह्वान गर्यो । विभिन्न ८ वटा निर्माणका कामका लागि शिलबन्दी दरभाउ पत्र माग गरिएको उक्त सुचना अनुसार  २४ निर्माण कम्पनीहरुले शिलबन्दी दरभाउ पत्र पेश गरे ।

एक वटा ठेक्काका लागि ३ वटाका दरले २४ कम्पनीले दरभाउ पत्र पेश गरेका थिए । त्यसरी पेश गर्नेमा सबैजसो फर्म एक अर्कामा दोहोरिएका छन् । कम्पनीहरु मिलेर अधिकतम अंकमा शिलबन्दी दरभाउप पत्र पेश गरेको स्वय‌ं निमार्ण व्यवसायीहरु बताउँछन् ।

यसरी विदाको समयमा सुचना निकालेर दरभाउ पत्र पेश गरेको सुचना लुकाएको भन्दै निर्माण व्यवसायी स‌ंघ ओखलढुंगाले छानिवन गर्न माग गर्दै उजुरी गरेको छ । स‌ंघका सचिव युवराज गजमेरले उजुरी दर्ता गरेका हुन् । जिल्ला प्रशासन  कार्यलयमा बुधबार निर्माण व्यवसायीका प्रतिनिधीहरु बिच छलफल हुँदा सहमति नभएको गजमेरले बताए । उनले भने ‘सबै मिलेर गैह्र कानुनी काम गर्न भनेकाले सहमति भएन ।’ 

एक ठेक्काका लागि ३ वटा फर्मको प्रतिस्पर्धा अनिवार्य भएकाले मिलेमतोमा ल्याइएका फर्महरुको विवरण । ८ वटै ठेक्कामा ३ वटाको मात्र दर्ता गरिएको अभिलेख छ ।

विदामा सुचना  निकालेर मिलेमतोमा  खुल्ला प्रतिस्पर्धालाई समिति गरेको विषयमा कार्यालयका प्रमुख अनुज श्रेष्ठले त्यस्तो केही नभएको आफ्नो मनसाय स्थानीय व्यवसायीलाई अवसर दिन खोजेको र विगतमा पनि यसरी नै सुचना निकालेर काम गर्ने गरेको दावी गरे । उनले पत्रिकालाई सुचना दिए पनि वितरण गर्ने काम आफ्नो नभएको तर्क गरे ।

यद्यपि पत्रिकामा प्रकािशत सुचनामा १५ दिन म्याद भए पनि सार्वजिनक विदाको दिन परेका कारण कार्यलय खुल्ने समय १२ दिन थियो । यही समयमा कार्यालय प्रमुख अनुज श्रेष्ठस‌ँग निकट केही निर्माण व्यवसायीहरुले ल्याएका फर्मबाट दरभाउ पत्र पेश भयो । रकम लेनदेनमा यसरी दरभाउपत्र पेश गर्ने सहमति अनुसार मिलेमतो गरिएको दरभाउपत्र पेश गरेका एक निर्माण व्यवसायीले बताए ।

उक्त सुचना प्रकाशित भएका पत्रिका बजार तथा कार्यालयहरुमा पुगेको थिएन । स्थानीय पनि उक्त पत्रिका पढ्न नपाएको बताउँछन् । कार्यालय र केही व्यवसायी मिलेर सुचना भएको पत्रिका सबै  किनेको आशंका गरिएको छ ।

यस अघि पनि  कमिसन दिने व्यवसायीलाई ठेक्का दिन कार्यालयले प्रकृया पुर्याउन मात्रै गोप्य रुपमा सुचना प्रकाशित गर्ने गरेको  आरोप लाग्दै आएको थियो । यस पटकको उजुरी उजुरी छानिवन गरेर कारवाही नभए अदालत र अख्तियारमा जान बाध्य हुने संघका पदाधिकारीहरु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending