Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

निजी मेडिकल कलेजबाट स्वास्थ्य बिमा सेवा सञ्चालन हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जतिसुकै प्रयास गरे पनि तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको उपचार सेवा सञ्चालन गर्न स्वीकृति दिन नसकिने बताएका छन्।

जनसंख्या मन्त्रालयले हरेक वर्ष देशभरको स्वास्थ्य सेवाको प्रगतिबारे जानकारी लिन गर्ने वार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै उनले तत्काल निजी मेडिकल कलेजहरुलाई स्वास्थ्य बिमामार्फतको सेवा सञ्चालन गर्न अनुमति नदिइने बताए।

 'गत वर्ष आफूखुशी घोषणा गरेर स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेका निजी मेडिकल कलेजहरु अहिले पुनः सञ्चालन गरि पाउँ भन्दै स्वास्थ्य मन्त्रालय धाइरहेका छन्, हाम्रो मन्त्रालयमा पनि आउनु भएको थियो हामीले सक्दैनौँ भनेर पठाएपछि अर्थ मन्त्रालय पुगेर उताबाट पत्र पठाउन लगाउनु भएछ। अर्थबाट आएको चिठीमा बजेट सिलिङले भ्याउन सक्ने भए निजी मेडिकल कलेजलाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिनुहोस् भन्ने रहेछ तर हामीले अहिले सक्दैनौँ भनेर भनेर भनिसक्यौँ‚’ स्वास्थ्यमन्त्री बस्नेतले भने। 

मन्त्री बस्नेतले नीति तथा कार्यक्रम, बजेटसमेतमा निजी मेडिकल कलेजलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन नमिल्ने कुरा लेखिएर आएपछि अहिलेकै बजेट सिलिङले त्यसलाई सम्बोधन गर्न नसकिएको बताए।

आव ०७९/८० को बजेट लागू भएपछि गत साउनदेखि स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा उपलब्ध गराइरहेका देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ। जसअनुसार उपत्यकाबाहिर धेरै बिरामीको चाप हुने बी एन्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा), मेची नेत्रालय (झापा), नोबेल मेडिकल कलेज (विराटनगर), विराट मेडिकल कलेज एन्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेशनल मेडिकल कलेज (वीरगञ्ज), शुभ स्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा) मा स्वास्थ्य बिमामार्फतको सेवा रोकिएको छ। 

स्वास्थ्यमन्त्री बस्नेतले निजी मेडिकल कलेजहरुलाई रोकेर सरकारी स्वास्थ्य संस्थाबाट मात्रै बिमामार्फतको सेवा सञ्चालन गर्ने बताइरहँदा उपत्यकाबाहिर उल्लेखनीय विशिष्टिकृत सेवा दिइरहेका मेडिकल कलेजहरुमा बिमामार्फतको सेवा रोकिँदा बिमितहरु सेवा पाउनबाट वन्चित भएका छन्। 

मन्त्री बस्नेतले अर्को प्रसंगमा स्वास्थ्य सेवातर्फ आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरुलाई सचेत रहनसमेत निर्देशन दिएका छन्।

उनले भने‚ 'अन्तरराष्ट्रिय दातृ संस्थाबाट स्वास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ तरु यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ? बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ। त्यसैले सरकारले यी बजेटहरु रेडबुकमार्फत आउनुपर्छ।'

मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यव

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending