Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध छ –स्वस्थ्य मन्त्री

\"Khagraj-Adhikari_20150420044136\"काठमाडौं । स्रोत र साधनका आधारमा प्राथमिकता निर्धारण गरेर स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध भएर लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सदनलाई जानकारी गराएका छन् । व्यवस्थापिका–संसद्मा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए । वीर अस्पतालको क्षमता विस्तार गरिएको, गरिब जनतालाई सरल र सहज रुपमा स्वास्थ्य सेवा पु¥याइएको र मुलुकभित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएकाले उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पर्याप्त बजेट विनियोजन नभएका कारण सबै क्षेत्रमा उल्लेख्य कार्यक्रम राख्न नसकिएको स्वीकार गर्दै मन्त्री अधिकारीले प्राप्त बजेटका आधारमा सकेसम्म सुविधा उपलब्ध गराइने जानकारी गराए । चालु आवमा भरतपुर र बागलुङमा ट्रमा केन्द्र स्थापना गरिने र त्यसका लागि पर्याप्त जनशक्तिको व्यवस्था भइरहेको, सामाजिक स्वास्थ्य बिमाका कार्यक्रम क्रमशः कार्यान्वयन गर्दै लैजाने, प्राकृतिक चिकित्सा, युनानी चिकित्सा पद्धतिको विकास गरिने र आधारभूत स्वास्थ्य सेवालाई परिभाषित गरी योजनाबद्ध रुपमा अगाडि बढाइने उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयबाटै २५० श्ययाको अस्पतालको स्वीकृति गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सुर्तीजन्य पदार्थमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने प्रक्रियाको सुरु भएको र त्यसलाई अस्वीकार गर्ने उद्योगी तथा व्यवसायीलाई कानुनी कारबाही गरिने उल्लेख गरे । मुलुकका केही स्थानमा हैजा रोग प्रकोपका रुपमा देखिएको भन्ने गुनासोलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै उनले सो रोगको नियन्त्रणका लागि सरकारसँग पर्याप्त साधन र स्रोत मौज्दात रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकार तत्पर रहेको र प्रकोपजन्य रोगको नियन्त्रणका लागि प्रभावकारी नियन्त्रण गर्न प्रयास गरिएको सदनलाई जानकारी गराए । मन्त्री अधिकारीको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै सांसदहरु रामहरि सुवेदी, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगर, रेखा शर्मा, डा सुवोधकुमार पोखरेलले प्रतिप्रश्न गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending