काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायतसँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिनुपर्ने बताएका हुन्।
ुराजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ। सकेसम्म अधिकांश जनताको पनि सुझाव लिनुपर्थ्यो। नभए क्रियाशील सदस्य र शुभेच्छुकसँग आगामी गन्तव्य कस्तो बनाउने भन्ने सुझाव लिनुपर्छ। ढिलो भइसकेको बताए। अब सुझाव लिन थप ढिलाइ गर्नु हुँदैन,ु उनले भने।
पार्टीमा जिम्मेवारी प्राप्त नेतृत्वले यस्ता कुरामा ध्यान दिनुपर्ने महरको धारणा छ। ुकांग्रेसका आठै तहबाट पनि आगामी गन्तव्य कस्तो बन्नुपर्छ भन्नेमा धारणा लिनुपर्छ भनेर मैले केन्द्रीय कार्यालयमा माग(पत्र दर्ता गरिसकेको छु। उक्त माग सम्बोधनका लागि पुन: यही सम्मेलनबाट आग्रह गर्छु,ु उनले भने।
यसका साथै पार्टीभित्र अवसरको समान वितरण हुनुपर्ने महरले बताए। कसैले जहिले पनि अवसर पाउने र केही काम नगर्ने तथा कसैले अवसर नै नपाउने अवस्था आए नेताहरूप्रति जनतामा निराशा पैदा हुने उनको भनाइ छ।
ुयस्तो हुँदा पार्टीको गतिशीलतामा पनि बाधा अवरोध उत्पन्न हुन्छ। त्यसैले पार्टीभित्र अवसरको न्यायोचित वितरण हुन जरुरी छ। एउटै व्यक्ति पटक(पटक सांसद, मन्त्री र पार्टीका जिम्मेवारीमा रहनु राम्रो होइन,ु उनले भने।
केन्द्रीय सदस्य महरले कांग्रेस निर्वाचन जित्नमात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने बताए।
'नेपाली कांग्रेसलाई अब गठबन्धन बिनै २०८४ मा बहुमत ल्याउन सक्ने पार्टी बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,' महर भन्छन्, 'त्यसका लागि हामी जनतामाझ नै जाने हो। उहाँहरूका कुरा सुन्ने हो। जनपेक्षा अनुसार काम गर्ने हो। त्यसपछिमात्र हामी बहुमत प्राप्त गर्न सक्छौं।'
गठबन्धनले पार्टीको क्षमतामा ह्रास आएको उनको टिप्पणी छ। २०औं वर्ष सत्ता बाहिर बसे पनि कांग्रेसलाई भोट माग्दा रुखमै भोट माग्नुपर्ने पार्टी बनाउनुपर्ने धारणा उनको छ।
गुल्मी सम्मेलनमा १२ वटै स्थानीय तहबाट कार्यकर्ता र समर्थनको सहभागिता रहेको छ। मंसिर १० गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: