Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गर्न सरकार प्रतिबद्धः मन्त्री रिजाल

\"Minendraकाठमाडौं ।  सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले सञ्चार क्षेत्रलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्छ भन्नेमा सरकार दृढ रहेको बताए । ‘अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको सोच छैन, हामी त्यो प्रत्याभूत गर्न चाहन्छौँ ।’ सञ्चारकर्मी र सञ्चार गृह सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री रिजालले भने, ‘छापिने जति सबै विषय समाचार हुँदैनन् । ’ श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिकको बन्दोबस्त गर्नुपर्नेमा सूचना तथा सञ्चार मन्त्रालय दृढ रहेको जानकारी दिँदै मन्त्री रिजालले न्यूनतम पारिश्रमिक निर्धारण समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको बताए । श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने सञ्चार गृहलाई लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्का गरिने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने,– “सञ्चारकर्मीलाई थप दक्ष र व्यावसायिक बनाउन जरुरी छ । यो वर्षदेखि पत्रकारलाई सहयोग गर्न नेपाल पत्रकार महासङ्घका प्रथम अध्यक्ष कुष्णप्रसाद भट्टराईका नाममा कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको छ, पत्रकार र पत्रकारिता क्षेत्रलाई त्यसबाट बलियो सहयोग पुग्नेमा विश्वस्त छु ।’ नेपाल टेलिभिजन र रेडियो नेपाललाई व्यावसायिक सार्वजनिक प्रसारण संस्थारुपमा विकास गर्ने उद्देश्यका साथ गठित कार्यदलले मन्त्रालयलाई सुझाव दिइसकेको र त्यसैका आधारमा संसद्मा ऐन प्रस्तुत गर्ने तयारीमा आपूm रहेको बताए । गठन आदेशबाट स्थापना भएका ती दुबै निकायलाई एउटै सार्वजनिक प्रसारण संस्थारुपमा विकास गर्न नयाँ ऐन आवश्यक भएको उनको कथन थियो । महाभूकम्पका बेला सञ्चार प्रतिष्ठान र पत्रकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सूचना तथा सञ्चार मन्त्रीले सञ्चार गृहलाई नवीकरण दस्तुरमा छुट दिइएको जानकारी दिए । सूचना तथा सञ्चार प्रविधिको चरम विकासले औद्योगिक र कृषि क्रान्तिभन्दा दूरसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको र त्यसले ठूलो प्रभाव पारेको बताउँदै मन्त्री रिजालले भने  ‘गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न तथा सेवा नपुगेका ग्रामीण भेगमा सेवा पु¥याउन अथक प्रयास भइरहेको छ । अप्टिकल फाइबर बिछ्याउने र ब्रोडब्याण्ड विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ ।’ सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा प्रयोग गरेर गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै मन्त्री रिजालले दूरसञ्चार सेवा नपुगेका स्थानमा चालु आवमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको बताए । भूकम्पका बेला नेपाल दूरसञ्चार कम्पनीले तीन अर्बभन्दा बढी मूल्य बराबरको निःशुल्क सेवा प्रवाह गरेको जानकारी दिँदै उनले दूरसञ्चार सेवासँग सम्बन्धित केही सेवा सूचना तथा सञ्चार मन्त्रालयबाहेकका अन्य मन्त्रालयमा समेत निहीत रहेकाले एकै स्थानबाट कार्य सम्पादन गर्नु बाञ्छनीय भएकाले दूरसञ्चार प्रविधि नीति मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए । हुलाक सेवालाई युग सुहाउँदो प्रतिस्पर्धी बनाउन सांसदद्वारा व्यक्त चासोलाई सञ्चार मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको तर ठोस निर्णय भने भइनसकेको जानकारी दिँदै उनले भने ‘हुलाक सेवालाई समयसापेक्ष पुनःसंरचनाको प्रयास भइरहेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending