Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रै घेराउमा परे देउवा

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि ७ बुँदे माग

खबरडबली संवाददाता

रुपन्देही । उद्घाटनको डेढ वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत् उद्योगी व्यवसायीले आज पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनका लागि मंगलबार काठमाडौंबाट रुपन्देही पुगेका उनलाई एयरपोर्टबाट निस्किँदै गर्दा व्यवसायीले आफ्ना माग राखेका हुन् ।

२०७९ जेठ २ मा प्रधानमन्त्री रहेका देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको नेतृत्वमा व्यवसायीहरूले विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न समन्यवयात्मक भूमिका निर्वाह गरिदिन देउवासँग माग गरे । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न आग्रह गर्दै आएको छ ।

देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था प्रभावित भएको जानकारी गराए । विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायी पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । राष्ट्रिय ध्वजाबाहकको उडान सुरू नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्स आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडाइनुपर्ने नेवानीले पनि भैरहवा-मलेसिया मात्र नभई दिल्ली, कतारमा उडान सुरू गर्नुपर्ने, विश्वका सबै बुद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने संघको माग गरेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने संघको माग छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन क्षेत्रको सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा करिब ८० अर्बभन्दा बढी लगानी भइसकेको र विमानस्थलबाट अन्तर्राष्टिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको व्यवसायीहरुले बताइरहेका छन् । उनीहरूका अनुसार यहाँ लगानी गरेको प्रतिफल केही आएको छैन भने बैंकले विभिन्न बहानामा भुक्तानीको ताकेता गरिरहेको छ ।

‘यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनुहुन हुन माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल विमान सेवा कम्पनीलाई उडान अवतरण गर्नको लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट सेवा पुनः १ वर्षसम्मका लागि निरन्तरता दिने व्यवस्था गर्न संघले माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको लगानीमा निजी क्षेत्रको लगानी गरे पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताए ।

ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्णसञ्चालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending