Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

नेपाल सुपर लिगः अग्रता जोगाउन नसक्दा चितवन र काठमाडौँ बराबरीमा

खबरडबली संवाददाता

काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसकेपछि एफसी चितवन  नेपाल सुपर लिग (एनएसएल) मा ऐतिहासिक जितबाट बन्चित भएको छ ।

चितवन एनएसएलको दोस्रो संस्करणअन्तर्गत मंगलबार आफ्नो दोस्रो खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १-१ को बराबरीमा रोकिएको हो ।

बराबरीसँगै काठमाडौंले दुई खेलमा चार अंक जोड्दा चितवनको समान खेलबाट एक अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा विमल घर्ती मगरले गोल गरेपछि चितवन एनएसएलमा पहिलो जित नजिक थियो । तर इन्जुरी समयमा काठमाडौंका लागि एनकुंगे जुनियरले बराबरी गोल फर्काए ।

 पहिलो खेलमा पोखरा थन्डर्ससँग १-० ले पराजित चितवन पहिलो संस्करणमा जितविहीन थियो ।

१४ औं मिनेटमा काठमाडौंका टोजिडिनोभ कोमिवोनको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले सजिलै बचाए ।

२३ औं मिनेटमा काठमाडौंका शोखरुखको फितलो प्रहार बाहिरियो ।  त्यसको तीन मिनेटपछि रक्षक टेक राज बुढाथोकीको क्रसमा फरवार्ड रोशन राना मगरको फितलो प्रहार बाहिरिँदा चितवन अग्रता लिनबाट बन्चित भयो ।

पहिलो हाफ सकिन मिनेट तीन बाँकी छँदा विमलको शक्तिशाली प्रहार बाहिरिन पुग्दा चितवनले अग्रता लिने अवसर गुमायो ।

दोस्रो हाफको सुरुआती ६ मिनेटमा रफिक अमिनुको प्रहारले गोल पोस्टको दिशा लिन नसक्दा चितवनले अग्रता लिन सकेन ।

६७ औं मिनेटमा वैकल्पिक खेलाडी राजीभ लोप्चनले टोरिक जेब्रिनलाई लडाएपछि चितवनले ३५ यार्ड पर फ्रिकिक पाएको थियो । तर, रफिकको फ्रिकिकबाट कुनै पनि खतरा हुनुअघि काठमाडौंका रक्षक अन्जन राईले क्लियर गरिदिए ।

७३ औं मिनेटमा चितवनले अर्को अवसर गुमायो । मिडफिल्डर अफ्रिइ अक्वाहको वान टच पासमा विमलको प्रहारले गोल पोस्टको दिशा लिन सकेन ।

८६ औं मिनेटमा नवयुग श्रेष्ठको क्रसलाई विमलले गरेको कटब्याक शोखरुखको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

इन्जुरी समयमा जुनियरले विपक्षी रक्षक तालमेलमा चुकेको फाइदा उठाउँदै सुन्दर भली गोल गर्दै काठमाडौंलाई बराबरीमा ल्याए ।

पहिलो खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसी डि मेचीलाई १-० ले हराएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy