सिरहा । सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ ।
हत्या आरोपमा सिरहा नगरपालिका—१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका–८ बड्की टोलका ५१ वर्षीय रामअशिष दास पक्राउ परेका छन् । यादवविरूद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरूद्ध बुहारीलाई बञ्चरो प्रहारी गरी हत्या गरेको आरोप छ।
प्रहरीका अनुसार मंसिर ७ गते राति १० बजे बाँसको भाटा र इँटा प्रहार गरी यादवले ३० वर्षीया श्रीमती सञ्जितालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटबाट उनको घरमै मृत्यु भएपनि संजितालाई उपचार गराउन भन्दै यादवले भारतको जयनगरतर्फ लगेका थिए ।
भोलिपल्ट छिमेकीले सूचना दिएपछि ८ मंसिरको बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै संजितको मृत्यु भएको र उपचारको बहानामा शव भारत लगेको खुलेको सिरहाका डिएसपी रविन्द्रराज पाण्डेयले जानकारी दिए।
उनका अनुसार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट गत शनिवार देवेन्द्रलाई पक्राउ गरी सोधपछु गर्दा श्रीमतीको शव भारतमै फालेर आएको बताएका थिए ।
नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०र३५ किलोमिटरको दुरीमा रहेको भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँमा रहेको झाडीबाट आइतबार विहान सञ्जिताको शव फेला परेको थियो।
भारतीय प्रहरीसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी सञ्जिता शव पोष्टमर्टम गरिएको डिएसपी पाण्डेयले बताए । उनका अनुसार देवेन्द्रलाई ९ मंसिरदेखि लागू हुनेगरी सिरहा अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले सार्वजनिक गरेको ५१ वर्षीय रामअशिषविरूद्ध बुहारी संगिताकुमारी दासको गत २७ कात्तिकमा हत्या गरेको आरोप छ । छोरा राजकिशोर मेला हेर्न गएका बेला घरायसी विवादको क्रममा बुहारीको टाउकोमा बञ्चरो प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरिक्षक पाण्डेयले बताए।
बुहारीको हत्यापछि लुकीछिपी बस्दै आएका दासलाई इलाका प्रहरी कार्यालय मिर्चैया र मातहतको कल्याणपुर प्रहारीको संयुक्त टोलीले खोजतलासको क्रममा गत मंसिर १ गते पक्राउ गरेको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...
जेष्ठ २७ गते, २०८३ - २१:५५
विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...
जेष्ठ २७ गते, २०८३ - २१:४५
काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...
जेष्ठ २७ गते, २०८३ - २१:४३
काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...



प्रतिकृया लेख्नुहोस्: