Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मन्त्री बन्ने आश्वासनमा न्यायाधीशको हत्या

\"Sanjay\"काठमाडौंं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने अभियुक्त सञ्जय इस्माली मगरलाई साउदीबाट नेपाल ल्याइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ मन्त्री बन्ने सपनामा आफूले बमलाई गोली हानेको उनले बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मगरलाई साउदी अरेबियाबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको हो । उनले प्रहरीसँग न्यायाधीशको हत्या गरेपछि चुरे भावर पार्टी सरकारमा जाने र त्यसपछि मन्त्री बन्न पाइने आश्वासनमा बमलाई गोली हानेको बताएका छन् । ‘बाबु थापाले न्यायाधीशलाई मारेपछि म ठूलो मन्त्री हुन्छु, तँलाई मन्त्री बनाउँछु भनेको थियो,’ पक्राउ गरेर ल्याएपछि मगरले भने, ‘मन्त्री बनेपछि प्रशस्तै पैसा पनि कमाइने प्रलोभनमा परेर गोली हानेको हुँ ।’ चुरे भावर पार्टीका नेता बाबु थापा भनिने मेघबहादुर थापाको योजनामा न्यायाधीश बमको १८ जेठ ०६९ मा ललितपुरको युएनपार्कनजिकै गोली हानेर हत्या भएको थियो । बंगलामुखी मन्दिर दर्शन गरी कार्यालयतर्फ जानेक्रममा उनी चढेको गाडी रोकेर गोली हानिएको थियो । बमलाई गोली हान्नेमध्ये प्रमुख व्यक्ति मगर भएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लले बताए । ‘गाडी रोकेपछि पिएसओले छेक्न खोज्दा पिएसओलाई नै गोली हानी घाइते बनाएर न्यायाधीशमाथि सञ्जयले गोली हानेका थिए,’ डिआइजी मल्लले भने । चुरे भावर पार्टीको आधिकारिता विवादमा न्यायाधीश बमले आफूलाई हराएको प्रतिशोध लिन थापाले उनको हत्या गर्ने योजना बनाएका थिए । बमको हत्या गरेपछि पार्टी चर्चित हुने र आफूहरू मन्त्री बन्ने योजना थापाले बनाएको र त्यही योजनामा लागेर बमलाई गोली हानेको मगरले बताएका छन् । तर, बमको हत्यापछि मगरले जागिरसमेत नपाएपछि वैदेशिक रोजगारीमा २८ मंसिरमा साउदी अरेबिया गएका थिए । त्यहाँ ट्रकड्राइभर भएर उनले काम गर्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending