Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

सडक र माेटरेबल पुल बनेपछि प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । 

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल २०६४ अघिसम्म निकै व्यस्त थियो । नजिकै बेलिब्रिज र मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोग हुन छाडेको गलेश्वरका बासिन्दा धनीलाल गर्बुजाले बताए । “मोटरबाटो र सडक नहुँदासम्म यो पुल तर्नका लागि पालो पर्खनुपर्ने थियो”, उनले भने, “अहिले सुनसान छ ।” 

धवलागिरि गाउँपालिकाको वडा नं ३ दर देखि वडा नं ४ को मुदी जाने बाटोअन्तर्गत खोलामा विसं २०७५ मा निर्माण भएको ट्रस पुल पनि प्रयोग विहीन अवस्थामा छ । पुलभन्दा माथि सडक निर्माण भएपछि प्रयोग नभएको हो । 

गलेश्वर–राहुघाट र दरको मात्र नभएर म्याग्दीमा सडक सुविधा पुगेका र मोटरेबल पुल बनेका ठाउँका अधिकांश पुल प्रयोगविहीन छन् । अन्नपूर्ण, धौलागिरि र गुर्जा हिमालको आधार शिविर जोड्ने पदमार्गमा झोलुङ्गे पुल नहुँदा पर्यटक र सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले उपयोगविहीन झोलुङ्गे पुुल स्थानान्तरण गर्ने कानुनको अभाव भएको बताए । “प्रयोगमा नरहेका पुललाई आवश्यक भएका ठाउँमा स्थानान्तरण गर्दा कम लागतमा छिटो काम गर्न सकिने थियो”, उनलदे भने, “पुल स्थानान्तरण गर्न पाउने कानुन नहुँदा समस्या भएको छ ।”

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रयोगविहीन झोलुङ्गे पुलको विवरण सङ्कलन र स्थानान्तरण गर्न पाउने कानुन बनाउने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले स्थानीय तहसँगको समन्वयमा निर्माण गर्नुपर्ने र प्रयोगविहीन पुलको विवरण सङ्कलनको तयारी गरेको बताए । 

“सडक र मोटरेबल पुल बनेपछि कतिपय झोलुङ्गे पुल प्रयोगविहीन बनेका छन्”, उनले भने, “प्रयोगविहीन पुलका स्टिल डेग, लठ्ठा, बुल्डअफ ग्रिपलगायत सामग्रीलाई आवश्यक भएको अर्को ठाउँमा स्थानान्तरण गर्नका लागि प्राविधिक अध्ययन र नीति निर्माणको गृहकार्यमा छौँ ।” सडक यातायातको सुविधा नपुगेको बस्ती र पर्यटकीय पदमार्गमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिएको मन्त्री जुग्जालीले बताए । 

प्रदेशमा चालु आर्थिक वर्ष २०८०र८१ मा एक सय ६८ झोलुङ्गे पुल निर्माण हुने मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि यस वर्ष ५२ करोड ८७ लाख बजेट विनियोजन भएको छ । 

“पूर्वाधार विकास कार्यालयले छ र मन्त्रालयको प्राविधिक सहयोगमा स्थानीय तहले ३० झोलुङ्गे पुल चालु आर्थिक वर्षको साढे चार महिनाको अवधिमा निर्माण गरिसकेका छन्”, बानियाँले भने, “झोलुङ्गे पुल बनाउन पूर्वाधार विकास कार्यालयमा रू २० करोड ५७ लाख र स्थानीय तहमा रू ३२ करोड ३० लाख बजेट विनियोजन भएको छ ।”

पूर्वाधार विकास कार्यालयमार्फत १० झोलुङ्गे पुल निर्माणाधीन छन् भने १३ वटाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको निर्देशक बानियाँले जानकारी दिए । उनका अनुसार चौध पुलको डिपिआर भेरिफिकेशनको चरणमा रहेको र २४ वटाको डिपिआर तयार पार्न बाँकी रहेको छ । 

मन्त्रालयले स्थानीय तहलाई झोलुङ्गे पुल निर्माणका लागि प्राविधिक सहयोग गर्न प्रदेशका ११ वटै जिल्लामा एक÷एक जना प्राविधिक जनशक्ति परिचालन गरेको छ । प्रदेशमा हालसम्म दुई हजार ६४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ । झोलुङ्गे पुलको जिल्लाको पहिचान बनाएको बाग्लुङमा सबैभन्दा बढी चार सय ९१ पुल बनेका छन् ।  

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितका अनुसार नेपालमा सन् १९६४ मा सस्पेन्सन ब्रिज डिभिजन स्थापना भएपछि स्विस सरकारको सहयोगमा झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको हो । पर्वतमा लामो र अग्ला स्थानमा पुल निर्माण भएका छन् । पर्वतको पाङदेखि बाग्लुङ जोड्ने पुल लामो र कुश्मादेखि कटुवा चौपारी जोडिने पुल अग्लो रहेको उनले जानकारी दिए ।

एक अध्ययनअनुसार झोलुङ्गे पुल प्रयोग गर्ने नागरिक पिछडिएको समुदायमा छन् । बढी महिलाले यसको प्रयोग गर्छन् । घाँस दाउरादेखि दैनिकी चलाउन पनि महिलाले झोलुङ्गे पुल प्रयोग गर्ने गरेको उक्त अध्ययनमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending