Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

घुर्मि र हर्कपुरमा एमालेको चिहान खन्दैछौं : गोपाल किराँती

हामीलाई आतङ्ककारी र तेरो बाउको बिर्ता हो भनेर धम्क्याउनेलाई प्रदेशमा निशेध नै हुन्छ

खबरडबली संवाददाता

खाेटाङ। प्रदेश १ पुनः नामकरण संघर्ष समितिका नेता गोपाल किराँतीले  उदयपुरको घुर्मिमा एमालेको चिहान खन्दैगरेको बताएका छन् । एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता किराँतीले आफूहरुले घुर्मि र हर्कपुरमा चिहान खन्दै गरेको  बताएका हुन् ।

खोटाङको सदरमुकाम दिक्तेलमा गरेकाे पत्रकार सम्मेलनमा किराँतीले उदयपुरकाे घुर्मि र ओखलढुंगाकाे हर्कपुरमा खनिएका चिहानमा  को को पुरिने हो थाहा नभएकाे बताए । साे क्रममा उनले  भने, ‘संघर्ष समितिको एक सदस्यको हैसियतबाट मैले प्रष्टसँग के भन्न चाहन्छु भने । खड्ग ओलीको चिहान खन्दैछौं हामी । त्यहाँ गाड्नु पर्ने हो या नपर्ने हो ? हामी शान्तिपूर्ण गर्छौं । शान्तिपूर्ण भनेर चिहानको कुरा भन्नुहोला । तर, शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरुको चिहान खने । हामी छोड्नेवाला छैनौं र छोड्दैनौं । हामी तयारी गरिरहेका छौं,’ किराँतीले भने, ‘एमालेका साथीहरुको प्रश्न छ । एमालेलाई मात्रै किन ? एमाले नै जोरी खोजेर आउने अनि के गर्नु त ?’

किराँतीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको बताए । ‘जसले हस्ताक्षर गरे । उनीहरुलाई दबाब गरिरहेका हौं । उहाँहरुलाई दबाब दिनका लागि हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘८२ सांसद जबर्जस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ ।’

एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई रोक्नुको कारण चाहिं के हो नि भन्ने प्रश्नमा किराँतीले भने, ‘ओलीजीले हामीलाई आतङ्ककारी भन्नुभयो, अपराधी भन्नुभयो । योगेशजीले पहिचानवादीलाई लल्कार्नु भयो । महेश बस्नेतले तेरो बाउको बिर्ता हो भनेर धम्क्याए । त्यसकारण उनीहरुलाई हामी निषेध गर्ने, भण्डाफोर गर्ने र प्रतिरोध गर्ने हो ।’

किराँतीले पहिचानवादीलाई नै लक्षित गरेर एमालेले अभियान चलाएको दाबी गरे । ‘हामीलाई कुल्चनकै लागि यो अभियान चलाइएको हो । एमाले अध्यक्ष ओलीले दार्चुलादेखि हामीलाई गाली गर्दै आउनु भएको छ । अभियान चलाएको हो भने उहीदेखि पहिचानवादी विरुद्ध किन बोल्दै आउनु पर्यो ?’ किराँतीले प्रश्न गरे ।

उनले आदिवासी तथा प्रगतिशिलहरुले कि मासिनु पर्यो कि लड्नु पर्यो भन्दै आक्रामक अभिव्यक्ति दिएका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कोशी प्रदेश पहिचानवादीको बिर्ता नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेले मंसिर १४ गते (बुधबार)देखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारी छ । यसअघि किराँतीले एमालेले जबर्जस्ती गरे आफूहरुको लाशमाथि टेकेर हिंड्नुपर्ने चेतावनी दिएका थिए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले पनि मंसिर २६ गतेदेखि उदयपुरको घुर्मिदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालिन बन्द आव्हान गरेको छ । मंसिर २६ गते नै उदयपुरको घुर्मिमा एमालेले संचालन गरेको अभियान पनि आइपुग्ने कार्यक्रम रहेकेा छ ।

दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्कामा प्रहरीले भने एकीकृत सुरक्षा योजना लागू गर्ने जनाएको छ । 
यता, एमालेले भने आफूहरुको संकल्प यात्रालाई अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै एमालेले यस्तो आग्रह गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending