काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याएका हुन् ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए । “लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिवद्धता हुनेछ”, उनले भने ।
उपप्रमुख मुरारी तामाङले लैङ्गिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताए। लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गरे ।
अधिवक्ता सविन श्रेष्ठले गत वर्षमात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिए । “चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - १६:३३
काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...
आश्विन ५ गते, २०८१ - १६:३०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...
आश्विन ५ गते, २०८१ - १६:२३
नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...
आश्विन ५ गते, २०८१ - १६:०९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...
आश्विन ५ गते, २०८१ - १६:०८
काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ । जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...
आश्विन ५ गते, २०८१ - १४:२९
रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...
आश्विन ५ गते, २०८१ - १४:२५
ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...
आश्विन ५ गते, २०८१ - १४:२१
काठमाडौं । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...
आश्विन ५ गते, २०८१ - १४:०९
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...
आश्विन ५ गते, २०८१ - १४:०८
काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...
प्रतिकृया लेख्नुहोस्: