काठमाडौं। नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्नेलाई प्रहरीले अझै केहि दिन नछाड्ने भएको छ । एमालेको मध्यपहाडी संकल्प यात्रालाई प्रभाव पर्ने भएका कारण उनीहरुलाई अझ केही दिन नछाडीने भएको हो ।
प्रहरीले मंगलवार उदयपुर भोजपुर र ओखलढुङ्गाबाट १४ जनालाई पक्राउ गरेको र तीमध्ये दुई जनालाई छाडेको जनाएको छ । क्राउ परेका दुईजना आन्दोलनकारी नभएको पुष्टि भएकाले छोडिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हाल प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको र ‘शान्तिपूर्ण कार्यक्रम गर्दा अवरोध गर्नेलाई केही दिन छाड्न नसकिने कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बाँस्तोलाले बताए । उनीहरूले बुधवारदेखि गर्ने आन्दोलनका थप कार्यक्रमलाई हेरेर मात्रै कहिले छाड्ने भन्ने भन्न सकिने उनको भनाइ छ ।
पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहितका पहिचानवादी नेता तथा कार्यकर्ताहरूलाई तीन दिनपछि मात्रै छाड्ने रणनीति प्रहरीले बनाएको छ । तीन दिनपछि एमालेको कार्यक्रम पनि पक्राउ परेका नेताको पहुँच क्षेत्रभन्दा बाहिर पुग्ने र आन्दोलनकारी पनि गलेका कारण त्यस पछि मात्र उनीहरुलाई छाडीने प्रहरी स्रोतले बतायो ।
।’
अब पहिचानवादी नरम हुने सुरक्षा निकायको विश्लेषण रहेको छ । यसअघिसम्म पहिचानवादीसँग आक्रामक बनेका एमाले अध्यक्ष ओली कोशी प्रदेशमा प्रवेश गरेपछि नरम हुन थालेकाले पहिचानवादीहरू पनि थप आक्रोशित नहुने सुरक्षा निकायको विश्लेषण रहेको छ । एमाले अध्यक्ष ओलीले आज पहिचान पक्षधरलाई चिढ्याउने गरी नबोलेका कारण पनि पहिचानवादीहरूले थप आक्रोशित नहुने सुरक्ष निकाय विश्वस्त रहेको स्रोतको भनाइ छ ।
सुदूरपश्चिमको झुलाघाटबाटमंसिर १४ गते शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलवारदेखि कोशी प्रदेशमा प्रवेश गरेको छ । बिहान मध्यपहाडी राजमार्गका विभिन्न ठाउँमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएका थिए । अध्यक्ष ओली मंगलवार राति खोटाङको सदरमुकाम दिक्तेलमा बस्ने कार्यक्रम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: