काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितहरूकालागि एक हजार वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको कांग्रेसले रुकुम पश्चिममा थप ५० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी नेतृत्वको टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।
‘म आफैँ पनि १० दिनसम्म फिल्डमा खटिएँ, हामीले दुई चरणमा गरेर ५० वटा अस्थायी आवास निर्माण गरी पीडितलाई हस्तान्तरण गरेका छौँ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने । उनका अनुसार वडा नं. ११ मा २१ वटा, वडा नं. १२ मा ४ वटा, वडा नं. १३ मा ६ वटा र वडा नं. १४ मा १९ अस्थायी आवास निर्माण गरिएको छ ।
‘भूकम्पको यति लामो समय भइसक्यो, तर अझैपनि पीडितसम्म सरकार पुगेको छैन, एकल महिला, बृद्धबृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरूलाई सामान्य टहरो ठड्याउन पनि सकस परेको छ,’ उनले भने, ‘हामीले त्यस्तै परिवारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।’
सरकारी राहत नपुगेको गाउँमा केन्द्रीय सदस्य शिवाकोटीले अस्थायी आवास बनाउन पीडित परिवारलाई भार नपर्ने गरी व्यवस्था गरी निर्माण गरेको बताए । सरकारले अस्थायी आवास तत्काल ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर त्यो रकम पीडितको हातमा अहिलेसम्म पनि पुगिसकेको छैन ।
नेता शिवाकोटीले आफूहरूले पार्टीकै संयन्त्रमार्फत् देश विदेशबाट सहयोग रकम संकलन गरी आवास खडा गरेको बताए । कांग्रेस भूकम्प लगत्तै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई प्रभावित क्षेत्रमा अनुगमन र सहजीकरणकालागि खटाएको थियो ।
फर्किएर आउँदा महामन्त्रीद्धय थापा र शर्माले अस्थायी आवास बनाउन तत्काल अनुदान दिन सिफारिस गरेका थिए भने कांग्रेस आफैँले एक हजार वटा अस्थायी आवास बनाउने घोषणा गरेका थिए ।
त्यसयता कांग्रेसका केन्द्रीय सदस्यहरूसहितको टोलीले निरन्तर आवास निर्माण गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: