काठमाडौं । रातिको समयमा मदिरा सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति प्र१ ०२ ००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी ४ का २८ वर्षीय सुनिल राजवंशीलाई मदिरा सेवन गरी एम्बुलेन्स चलाएको भेटिएपछि नियन्त्रणमा लिइएको हो।
उनलाई नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहारसमेत गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने वर्ष २९ को सफल मुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाई को २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिनुका साथै अन्य मोटरसाइकल र पसलको सटरमा समेत क्षति पुर्याएको पाइएपछि पक्राउ गरी उनलाई पनि अभद्र व्यवहार कसुर अन्तर्गत अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट १० हजार धरौटी माग गरिएको छ।
एम्बुलेन्स जस्तो संवेदनशील सेवामासमेत मादक पदार्थ एवं लागु पदार्थ सेवन गरी सवारी चलाई बिरामी र सडक प्रयोगकर्ताहरूलाई जोखिम पुर्याउने प्रवृति देखिएकोले सो लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले शून्य सहनशिलताको नीति अख्तियार गर्दै कानुनको दायरामा ल्याउने अभियान सञ्चालन गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: