Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

११ जना विद्यार्थी रहेको विद्यालय कार्यालय सहायकको भरमा

खबरडबली संवाददाता

खोटाङ । खोटाङको एक विद्यालयमा जम्मा ११ जना मात्र विद्यार्थी रहेको पाइएको छ । उक्त विद्यालयमा दुई जना शिक्षक रहेका छन् ।

यो बिद्यालयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको साकेला प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्छ । उक्त विद्यालयमा कक्षा–२ र कक्षा–३ मा एक–एक जना मात्रै विद्यार्थी छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुँदा नै दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी भर्ना भएको प्रधानाध्यापक कमलप्रसाद रिजालले बताए ।

उनका अनुसार उक्त विद्यालयमा कक्षा–१ मा पाँचजना, कक्षा–४ र ५ मा दुई–दुई जना विद्यार्थी भर्ना भएका थिए । ‘हाम्रो विद्यालयमा जम्मा विद्यार्थीको सख्या ११ जना हो,’ प्रअ रिजालले भने, नौजना चाहिँ नियमित विद्यालय आइरहेका छन् ।’

साकेला प्राथमिक विद्यालय दरबन्दीका रिजाल मात्रै हुन् । राहतका एकजना शिक्षक रहेका छन् । उनी शान्तिराम राई रहेका छन् । अझ चाखलाग्दो कुरा त के छ भने त्यहाँ कार्यालय सहायक ९पियन०लाई पनि पढाउन लगाउने गरिएको छ ।

प्रअ रिजालका अनुसार प्रशासनिक कामसमेत गर्नुपर्ने भएकाले कोर्स सक्न समस्या हुने गरेको छ । यस्तोमा कार्यालय सहायक पवित्रा राईलाई पनि पढाउन लगाउने गरिएको हो ।

पहाडी इलाका भएकाले बसाइँ सरेर जानेको संख्या सो क्षेत्रमा धेरै छ । विद्यालयसम्म हिँडेर आउन झण्डै दुई घण्टा जति समय लाग्छ । सो क्षेत्रमा खोला–नाला पनि छन् । दाजु–दिदी माथिल्लो कक्षामा पढ्न जान थालेपछि कतिपय साना बालबालिका उनीहरू पनि जान्छन् । वैदेशिक रोजगारीमा जानेहरूका कारण पनि विद्यार्थी संख्यामा असर गरेको प्रअ रिजाल बताउँछन् । ‘आजकल अधिकांशका एकजना मात्रै बच्चा हुन्छ । त्यो पनि सदरमुकाममा राखेर पढाउने गरेका छन् । निजी स्कूलका गाडीहरू गाउँ–गाउँसम्म आउँछन् । त्यसले पनि विद्यार्थीको सख्या कम भएको हो,’ उनले भने ।

अहिले विद्यालयसँग दुईवटा भवन मात्रै रहेका छन् । अहिले अफिस रहेको ढुङ्गा माटोले बनेको दुईकोठे भवनलाई बारेर तीन कोठा बनाइएको छ । एउटा कोठामा अफिस तथा अरु दुईमा कम्प्युटर ल्याब र स्टोर बनाइएको छ ।

दुईकोठे भवनलाई फलामे ट्रस्टले बारेर तीन कोठा बनाइएको छ । त्यहीँ पठन–पाठन गर्ने गरिएको छ । कक्षा–१ का विद्यार्थीलाई एउटा कोठामा पढाइन्छ भने कक्षा–२ र ३ का लाई अर्कोमा । यस्तै कक्षा–४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको छ ।

विद्यार्थी थोरै हुन थालेपछि विद्यालय ‘मर्च’को तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका अधिकृत तीर्थबहादुर विश्वकर्माले बताए । ‘पछि विद्यार्थी बढे भने पुनस्र्थापना गर्ने गरी मर्च गर्ने तयारीमा छौँ,’ उनले भने, ‘हाम्रो नगरकै सबैभन्दा कमजोर सामुदायिक विद्यालय साकेला नै हो । यसर्थ, दरबन्दी कटौती गर्दै शिक्षकलाई अन्यत्र काजमा पठाइरहेका छौ ।’

अधिकृत विश्वकर्माले कार्यालय सहायकलाई पढन पाठनमा लगाएको भए विद्यालयलाई कारबाही गरिने बताए । ‘कक्षा– १ देखि ३ सम्म बहुशिक्षण गर्न पाउने व्यवस्था रहेको छ,’ उनले भने,’ त्यसो गर्दा पठन–पाठनमा कुनै असर हुँदैन । जसले जे काम गर्ने भनेर नियुक्ति गरिएको छ, त्यसले त्यही गर्ने हो ।’

साकेला मात्र होइन बसाइँ सराइ र निजी विद्यालयप्रति अविभावकको आकर्षणका कारण पहाडी जिल्लाका धेरै बिद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । पढाइको गुणस्तरमा सुधार नगर्दा सामुदायिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेको शिक्षा क्षेत्रका जानकारहरू बताउछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending