रामेछाप । खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट पाँच शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
अस्पताल भवन निर्माण सम्पन्न गरी यसै वर्षबाट पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । उक्त भवनको सबै काम पूरा हुँदा १५ शय्याको अस्पताल सञ्चालन गर्न सकिने भए पनि यस वर्ष एउटा तलाको काम पूरा गरी कम्तिमा पाँच शय्याको अस्पताल सञ्चालन गरिने उनले बताए । ‘कम्तिमा पाँच शय्याको अस्पताल यस वर्षबाट असस्पतालकै भवनबाट सञ्चालन हुन्छ’, उनले भने ।
अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले गत वर्ष १ करोड ३० लाख रुपैँया विनियोजन गरेको थियो । तर गतवर्ष सो काम पूरा हुन सकेन । यस वर्ष अस्पताल निर्माणको लागि गाउँपालिकाले सो भवनको लागि ४० लाख रुपैँया विनियोजन गरेको छ । यस वर्ष ५ शय्या सञ्चालन गर्ने गरी काम सम्पन्न गरी त्यहीँबाट सेवा सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए ।
अस्पतालको भवन निर्माण सम्पन्न नभएको कारण अहिले सो अस्पतालले दिने सेवा पकरबास स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ । सो स्वास्थ्य चौकीबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् । खाँडादेवी गाउँपालिकामा १३ वटा स्वास्थ्य इकाई छन् । ती स्वास्थ्य इकाइले ९ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।
गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न मोबाइल अस्पतालको धारणा समेत ल्याएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...




प्रतिकृया लेख्नुहोस्: