पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता उन्नत व्यवस्था भएकोले जोगाएर लैजानुपर्ने बताएका छन्।
पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कामको गति बढाएर व्यवस्थामाथि प्रश्नगर्नेलाई जवाफ दिनुपर्ने बताए।
उनले देशमा केही नभएको भनेर कोलाहल गर्नेहरुलाई कांग्रेसले सम्हालेर सही दिशा दिनुपर्ने बताए।
‘संघीयता चाहिँदैन, केही भएकै छैन भन्ने कोलाहल छ। अनि कांग्रेस पनि होमा हो मिलाउने?,’ उनले भने,‘२०६२ मा गिरिजा प्रसाद कोइरालाले ल्याएको गणतन्त्र होइन? २०७२ मा सुशील कोइरालाले बनाएको संविधान होइन? २०७४ मा शेरबहादुर देउवाले गरेको निर्वाचन होइन? अनि यसलाई हामीले जोगाउनु पर्ने होइन ?’
महामन्त्री थापाले विभिन्न नाममा ठेकेदारी गर्नेहरु पार्टीमा रहेको भन्दै होसियारी अपनाउनुपर्ने बताए ।
‘धर्मको नाममा ठेकेदारी गर्ने होइन। चैतमा संघीयता सकिन्छ भन्ने? चैतमा वर्ष सकिन्छ, केही हुँदैन,? केन्द्रीय सदस्य शंकर भण्डारीलाई कटाक्ष गर्दै उनले भने, ‘उत्तेजनाको राजनीति जसले गरेपनि हुन्छ, सम्हाल्ने राजनीति कांग्रेसले गर्नुपर्छ । हामीसँग ४८ महिना बाँकी छ। यो अवधि पर्याप्त हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: