इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए । उनका अनुसार गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो ।
गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए ।
“हामीले किसानलाई विभिन्न मेसेरेनरी सामग्री तथा यन्त्र उपकरण अनुदानमा दिएका छौँ । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको छ”, उनले भने, “उहाँहरूले पनि उन्नत बीउबिजनको प्रयोग गर्नुभयो । मल र सिँचाइको समेत व्यवस्थापन गर्नुभयो । यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।”
इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिए ।
यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ । गत वर्ष प्रतिहेक्टर एक दशमलव २० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर एक दशमलव २१ मेट्रिक टन कोदो उत्पादन भएको छ । यस वर्ष एक हजार पाँच सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष एक हजार पाँच सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १६ मेट्रिक टनमात्र कोदो उत्पादन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...
जेष्ठ २७ गते, २०८३ - ०८:२०
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...



प्रतिकृया लेख्नुहोस्: