Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

इलाममा धान राेप्ने क्षेत्रफल घट्दा उत्पादन बढ्यो

खबरडबली संवाददाता

इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको  कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।  उनका अनुसार गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो ।

गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको  उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए ।

“हामीले किसानलाई विभिन्न मेसेरेनरी सामग्री तथा यन्त्र उपकरण अनुदानमा दिएका छौँ । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको छ”, उनले भने, “उहाँहरूले पनि उन्नत बीउबिजनको प्रयोग गर्नुभयो । मल र सिँचाइको समेत व्यवस्थापन गर्नुभयो । यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।”

इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिए ।

यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ । गत वर्ष प्रतिहेक्टर एक दशमलव २० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर एक दशमलव २१ मेट्रिक टन कोदो उत्पादन भएको छ । यस वर्ष एक हजार पाँच सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष एक हजार पाँच सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १६ मेट्रिक टनमात्र कोदो उत्पादन भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy