जनकपुर । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको आधारभूमि मधेस प्रदेश भएको बताएका छन् ।
बिहीबार पार्टीको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र स्थापनाका लागि मधेसले ठूलो संख्यामा ज्यानको आहुति दिने सहिदलाई जन्माएको उल्लेख गरे ।
मधेसबाट रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, शेख इद्रिस लगायतले लोकतन्त्र स्थापना र कांग्रेस पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
“विद्यार्थी नेता कामेश्वर, कुशेश्वर, दुर्गानन्द झा लगायतको पनि नेपाली कांग्रेस निर्माणमा र लोकतान्त्रिक आन्दोलनको उर्वरभूमि यो क्षेत्रलाई बनाउन महत्वपूर्ण भूमिका दिनुभएको थियो,” डा। महतले भने ।
उनले मधेसमा पार्टी बलियो भएमात्र कांग्रेस बलियो हुने जिकिर गरे । कांग्रेस बहुमतको पार्टी बन्ने भए मधेस बलियो हुनुपर्ने धारणा उनको थियो ।
“मधेस प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेस प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौं भने, देशैभरी कांग्रेसले बहुमत ल्याउँछ,” महतले थपे, “त्यसका लागि नेपाली कांग्रेस पार्टीभित्र एकताको आवश्यकता छ ।”
उनले आरोप–प्रत्यारोपबाट नभई संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्ने धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: