Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

म्याग्दीको झीँ गाउँमा आयातित रक्सीमाथि प्रतिबन्ध

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा आयातित रक्सीमाथि प्रतिबन्ध लगाइएको छ । झीँ गाउँमा युवा कुलतमा फस्ने र धनराशि बाहिरिनबाट रोक्न गाउँभेलामार्फत् आयातित रक्सी बिक्री वितरणमा रोक लगाइएको हो । 

परीक्षणका रुपमा एक वर्षअघिदेखि लागू गरिएको यो नियमका कारण गाउँमा रक्सी भित्रिँदा बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासीले बताएका छन् । 

विसं २०७९ मङ्सिर १६ गते झीँ गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित रक्सीमाथि पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट रक्सी गाउँमा लैजान बन्द गरेका छन् । 

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा यो नियम लगाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लागेको र महँगा रक्सी खाँदा ठूलो धनराशि गाउँबाट बाहिरिँदा गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको उनको भनाइ छ ।  एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको उनले बताए ।

कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने गुणस्तर नभएका रक्सी खाँदा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्थानीयवासीले यस्तो निर्णय गरेका हुन् । रक्सी खानेहरुलाई गाउँमै स्तरीय घरेलु रक्सी बनाएर खान पाउने व्यवस्था गरिएको छ । 

घरेलु रक्सी सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ गाउँमा नभित्रिने भएकाले युवालाई समेत कुलतबाट टाढा राख्न सघाउ पुगेको स्थानीय गोविन्द पाइजाले बताए । विवाह, व्रतबन्ध, किरियालगायत विभिन्न संस्कारमा रक्सीमा धेरै रकम खर्च हुने गरेको तर आयातित रक्सीलाई निषेध गरेपछि फजुल खर्च कम भएको उनले बताए ।

मगर समुदायको बाहुल्यता रहेको झीँ गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीँ गाउँमा घरबाससमेत सञ्चालनमा  छ । यहाँ आउने पर्यटकहरुले स्थानीय कोदो, मकै, जौ, गहुँलगायतको अन्नबाट परम्परागत रुपमा बनाइएको रक्सी खान पाउने व्यवस्था रहेको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित रक्सीको बिक्री गर्न तथा खान रोक लगाएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending