Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

विगतका योजनालाई बजेट विनियोजन गरिनेछः मन्त्री निधि

\"Bimalendra-Nidhi\"काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले मन्त्रालयको चालु आवका कार्यक्रम पुस्तिकामा केही क्रमागत योजना छुट भएको स्वीकार्दै विगतका क्रमागत योजनालाई बजेट विनियोजन गरिने जानकारी दिए । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथिको छलफलमा उठाइएका जिज्ञासाको जवाफमा उनले छपाइका कारण एक जिल्लाका योजना अर्कोे योजनामा परी जिल्ला फरक पर्न गएका, सर्भे डिजाइन सम्पन्न भइसकेको पुल तथा सडकमा रकम विनियोजन गरिने बताए । ‘मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना पुष्पलाल लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण लोकमार्ग, काठमाडौँ निजगढ द्रुत मार्ग समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ’– उनले भने । मन्त्रालयअन्तर्गत सडक, रेल्वे, यातायातका तीन बेग्लै विभाग रहेको सदनलाई जानकारी गराउँदै मन्त्री निधिले भारत सरकारको अनुदानमा निर्माण हुन लागेका जयनगर–बर्दिवास रेलमार्गमा काम सुरु भइसकेको बताए । उनले प्रत्येक निर्वाचन क्षेत्रमा सडक पु¥याउने कार्यक्रमलाई निरन्तरता नै दिइएको बताए । नगरपालिका छ, कालोपत्र सडक छैन’ भन्ने स्थितिलाई अन्त्य गर्न कालोपत्र सडक निर्माण कार्यक्रम राखिएको, सडक पूर्वाधार विकासका लागि जिल्लालाई धेरै र थोरै विनियोजन सकेसम्म नगरिएको स्पष्टीकरण मन्त्री निधिले दिए । बागलुङ–बेनी सडकको सबै ट्र्याक खोलिएको, डोल्पा र हुम्ला सदरमुकाममा आगामी दुई वर्षभित्रमा मोटर पुग्ने विश्वास उनले व्यक्त गरे । मन्त्री निधिले काठमाडौं उपत्यकाको सडक विस्तार कार्यक्रमलाई प्राथमिकता मै राखिएको जानकारी दिए । उनले सुदूरपश्चिम क्षेत्रको सेती लोकमार्ग आयोजना समयमै सम्पन्न गर्न छुट्टै आयोजना कार्यालय स्थापना गर्न लागिएको, कालिमाटी ९कलङ्क–सतुङ्गल– नागढुङ्गा चार लेनको बनाउन ठेक्का सम्झौता भइसकेको जानकारी दिए । यातायातलाई व्यवस्थित गर्न स्मार्ट कार्ड सुरु गर्न लागिएको र काठमाडौँ–पोखरा रेल मार्गका लागि सम्भाव्यता अध्ययन भइरहेको उनको भनाइ थियो । यसअघि सो मन्त्रालयमाथिको छलफलमा १३६ जना सांसदले भाग लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending